• १ जेठ २०८२, बिहिबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, जेठ १ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नुहुने छ । 

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्नुहुने, आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूचि रहेको छ ।