बाजुरा भूकम्प : १६ घरमा क्षति
बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै
बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।
चारो खोज्दै सुगा
कञ्चनपुर, पुस ६ गते । लालझाडी गाउँपालिकाको कञ्जगाउँका किसानले उखु काटेर गहुँ छरेको खेतमा चारो खोज्दै गरेका सुगाको बथान । तस्बिरः रासस
विद्यालयलाई नतिजामा आधारित अनुदान
कैलालीको जानकी गाउँपालिकाले विद्यालयको नतिजामा आधारित अनुदान कार्यक्रम लागु गरेको छ ।
बाजुरामा ५.२ रेक्टरको भूकम्प
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
‘सरकारलाई असफल हुने छुट छैन’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ।
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पु¥याउँदैमा बित्छ । त्यसपछि दिउँसोको समयमा उहाँ टीकापुर–७ स्थित तिलगङ्गा बेत बाँस फर्निचर उद्योगमा पनि काम गर्न पुग्नुहुन्छ ।
कुटपिट गर्ने चार पक्राउ
महिलालाई कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका –१ का रुपा चौधरी, लहानु डङ्गौरा, मनोज चौधरी र बाबुराम डङ्गौरा रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
थारु होमस्टे महोत्सव आयोजना हुने
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ । थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ थारु होमस्टे महोत्सव आयोजना हुने भएको हो ।
नदी व्यवस्थापनसम्बन्धी प्रदेशबिच सहमति समस्या अध्ययन गर्न बन्यो कार्यदल
कर्णाली नदीले कैलालीतिर बाढी, कटान र डुबानले सताउने गरेको छ भने गेरुवातिर पानी नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जका जनावरले पानी खान नपाउने, नदी आसपासका गाउँमा हिउँदमा खानेपानी सुक्ने र सिंचाइको अभाव हुने गरेका छन् ।
विपन्न परिवारलाई शौचालय
रोटरी क्लब आफ पोखरा कास्की र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा कैलालीको धनगढीमा दुई सय शौचालय हस्तान्तरण गरिएको छ ।
रोकिएन मानव–वन्यजन्तु द्वन्द्व, पासोमा पर्न थाले चितुवा
बैतडीमा मानव र वन्यजन्तुबिच द्वन्द्व नरोकिँदा महिनैपिच्छे चितुवा पासोमा पर्न थालेका छन् ।
'भ्युटावर' हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ ।
जडीबुटीको कौडी भाउ : सस्तोमा बेच्यो, महँगोमा किन्यो
बैतडीबाट गत वर्ष चार लाख किलो जडीबुटी निकासी गरेर सरकारले १६ लाख रुपियाँ राजस्व प्राप्त गर्दा जिल्लाका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपियाँ खर्च गरेर जडीबुटीको चूर्ण खरिद गरेको छ ।
सालको गोलियासहित पक्राउ
प्रहरीले सालको गोलियासहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ वेलकुण्डीका दुःखीराम रानालाई पक्राउ गरेको छ ।
संरक्षित कृष्णसार
कञ्चनपुर, पुस ४ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । तस्बिरः रासस
हाँसलाई चराउन लैजाँदै
कञ्चनपुर, पुस ४ गते । शुक्लाफाँटा नगरपालिका ७ जुडाका स्थानीय किसान घरमा पालिएका हाँसलाई चराउन लैजाँदै । हाँसपालन गरी यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिरः रासस
सात वर्षमा पनि बनेन पुल
कैलालीको शिवगङ्गा नदीमा पुल निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
मुख्यमन्त्रीद्वारा सल्लाहकार नियुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।
कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न कार्यदल
कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न लुम्विनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार सहमत भएका छन् ।
डरैडरले ‘बिग्रेको घर’ सहन्छन् महिला
बहुविवाहले प्रेमिल घरपरिवार बिगार्छ तर परिवार र जोरीपारीको डरैडरले ‘बिग्रेको घर’ नै स्वीकार गरेर कानुनी उपचार नखोज्ने प्रवृत्ति महिलामा यथावत् छ ।
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
कैलालीमा भएको सवारी दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । कैलालीको चुरे गाउँपालिका –१ का ३० वर्षीय बालकृष्ण कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कृष्णसार
सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ ।