सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् ।
तारेदहमा पुल निर्माण हुँदा यात्रा सहज
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडा र २ जयवाग्यश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।
डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण
जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ ।
सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा
डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । कर्मचारीको अभाव खेपिरहेका सरकारी कार्यालयमा दरबन्दी अनुसारका कार्यालय प्रमुखको अभाव देखिएको छ । चार दर्जन सरकारी कार्यालय रहेको डडेलधुरामा केही कार्यालयबाहेक अधिकांश कार्यालय निमित्तको भरमा चलिरहेका छन् । निमित्तभई कामकाज गर्दा कतिबेला कार्यालय प्रमुख आउने नआउने ठेगान नै हुँदैन ।
सुदूरपश्चिममा सबैभन्दा कम उत्तीर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थीले एसइई दिएका थिए, जसमध्ये १७ हजार ३६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस्तै ३६ हजार ४१० अर्थात् ६८.१२ प्रतिशत ननग्रेडिङ भएका छन् । यीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरपश्चिमभरिमा ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जिपिए ल्याउन सफल भएका छन् ।
यात्रुको मृत्यु पछि चालक र सहचालक पक्राउ
महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ ।
कैलालीबाट साढे पाँच हजार विद्यार्थी उत्तीर्ण
कैलालीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका पाँच हजार ४२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण
बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताउनुभयो ।
शिव लिङ्गेश्वर धाम
कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कैलालीमा रोपाइँको रमाइलो (फोटो फिचर)
कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त मात्रामा वर्षा नभए पनि मध्य असार हुन लागेका कारण किसानहरु रोपाइँमा सक्रिय भएका हुन् ।
ठेकेदारबाट चरम लापर्बाही, पुल निर्माणमा ढिलाइ
बार्जुगाड खोलामा पुल निर्माणको काममा ढिलाइ भएको छ । २०७६ साल असारसम्म काम पूरा गर्ने गरेर २०७२ साल असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । दुई करोड रुपियाँको लागतमा पुल निर्माण कार्यको जिम्मा लिएको साउद एडभेन्चर जेभी कम्पनी पुल निर्माण कार्यमा बेखबर बनेको छ । निर्माण कम्पनीकै चरम लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको आरोप स्थानीयको छ ।
किसानको केरा व्यापार
कैलालीको टीकापुर कृषि हाट बजारमा आफ्नै कृषि फार्ममा उत्पादन भएको केरा बिक्री गर्दै किसान । कृषि हाट बजार हुँदा किसानले उत्पादन गरेको वस्तुले राम्रो मूल्य पाउने गरेको छ ।
दुर्लभ डल्फिन अवलोकन सिजन सुरु
मनसुन सुरु भएसँगै कैलालीमा दुर्लभ डल्फिन अवलोकन सिजन सुरु भएको छ ।
७४ लाख राजस्व सङ्कलन
सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।
भन्सार छली ल्याइएका आठ लाख बढी मूल्यका सामान बरामद
प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाटभन्सार छलीको सामान पक्राउ गरेको जिप्रका कैलालीले जनाएको हो ।
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई घाइते
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएको थियो ।
पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।
सडक निर्माणको काममा ढिलाइ
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ ।
पानी परेपछि कैलालीवासीलाई राहत
कैलालीमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज विहानबाट वर्षा भएपछि मौसम चिसो भइ गर्मीबाट राहत मिलेको हो ।
चट्याङ लागेर कैलालीमा एकको मृत्यु, ४ जना घाइते
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइत भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको आज बिहान खेतमा काम गर्दै रहँदा चट्याङ लागेर ज्यान गएको हो ।
तराईमा बोरिङको भरमा रोपाइँ
कैलालीका किसानले बोरिङको भरमा रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङ गरी तानेको पानीको भरमा रोपाइँ गर्न थालेको स्थानीय किसानले बताएका छन् । मध्य असार हुनै लाग्दा पनि खेतीपातीका लागि पर्याप्त पानी परेको छैन । विगतमा यो बेलासम्म हरियो देखिने खेत यस वर्ष सुक्खाले धुलाम्मे छन् । खेतीपातीको बेला भइसकेकाले पानी नपरेपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–८ का कृषक फिरङ्गी रानाले बताउनुभयो । “यत्तिका दिनसम्म आकासे पानीको पर्खाइमा बसेका थियौँ,” राना भन्नुहुन्छ, “तर अहिलेसम्म पानी परेन । बोरिङले सिंचाइ गरेर रोपाइँ थालेका छौंँ ।”
समैजी मुद्राडमा तरकारी खेती
डडेलधुराको अजयमेरु गाउँपालिका–१, समैजी मुद्राड गाउँका स्थानीय महिला तरकारी खेती सिक्दै कमाउँदै आइरहेका छन् । कृषि ज्ञान केन्द्रले किसानका बारीमै प्रशिक्षक पठाइ सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आइपिएम (इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट, एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका करिब ३० भन्दा बढी महिलाले तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै महिलाले भेडेखुर्सानी उत्पादन गरेका छन् ।
दस पालिकाको बजेट साढे पाँच अर्ब
बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार, मेलौली नगरपालिकाले ४९ करोड पाँच लाख ९५ हजार बजेट ल्याएका छन् ।