फोनिज कञ्चनपुर अध्यक्षमा पुनः कुश्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
एक वर्षमा २६ हजार बढीले आयुर्वेदिक उपचार सेवा लिए
कैलालीको धनगढीस्थित राजपुरमा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयबाट एक वर्षमा २६ हजार ७२२ जनाले ओपिडी सेवा लिएका छन् ।
विषयगत समितिका सभापतिको निर्वाचन स्थगित
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन फेरि स्थगित भएको छ ।
सहिदको सपना पूरा गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
विद्यार्थीको तरकारीखेती
कैलाली, माघ १६ गते । कैलालीको जानकी गाउँपालिका ९ स्थित अरुणोदय माद्यामिक विद्यालय खैरिफाँटामा अध्ययनरत विद्यार्थीहरु गरेको तरकारीखेती । तस्बिरः रासस
कर्णाली बगरमा तरकारीखेती
बर्दिया, माघ १६ गते । कैलाली र बर्दियाको सीमामा रहको कर्णाली नदीको कैलालीको टीकापुरखण्ड बगरमा किसानले गरेको तरकारीखेती मा मल हाल्दै किसान । तस्बिरः रासस
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ ।
पुल मर्मत नहुँदा आवागमनमा सास्ती
सात महिनाअघि अछाम र दैलेखबिचको कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चड गइरहेका बेलामा लट्ठा चुडिँयो ।
प्रतिभाका चित्र पर्खालमा
सुदूरपश्चिममा जन्मिएर मुलुककै लागि योगदान गरेका हस्तीहरू धनगढीका पर्खालमा सङ्गृहीत भएका छन् ।
फूलबारीमा नमुना गुम्बा बन्दै
कैलालीको फूलबारीमा प्रदेशकै नमुना एवं ठुलो गुम्बा निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१४ मा दोर्जे टाँसी छोलिङ गुम्बा बनाउन लागिएको हो ।
रानीजमरा–कुलरियाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ ।
फेरि थालियो छाउगोठ भत्काउन
बाजुरामा महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठ भत्काउने अभियान फेरि सुरु भएको छ ।
बजेट अभावले भवन निर्माणमा विलम्ब
बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । २५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो ।
दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु
मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।
स्थानीय सेवा ऐनको प्रतिवेदन विधायन समितिबाट पारित
विधायन तथा प्रदेश मामिला समितिले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा -गठन तथा सञ्चालन_ ऐनको प्रतिवेदन पारित गरेको छ।
किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी
अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । जिल्लाको ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन् ।
शिलान्यासको सत्र वर्षपछि कालोपत्र
कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
मनमोहक बडिमालिका क्षेत्र
अछाम, माघ १५ गते । बाजुरास्थित धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले सेताम्मे देखिएका फाँटहरु । तस्बिरः रासस
तोरी थन्क्याउने चटारो
कैलाली, माघ १५ गते । कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान । यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । केन्द्रका अनुसार कैलालीमा तोरी [एकल बाली] छ हजार चार सय १० र तोरी [घुसुवा बाली] सात हजार पाँच सय ६० गरी कुल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । तस्बिरः रासस
लोकतन्त्रलाई संस्थागत विकास गर्न राससको भूमिका महत्त्वपूर्ण हुन्छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति ९रासस०जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
चौध हजार किशोरीलाई एचपिभी खोप दिइने
अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
बेरोजगारी समस्याले विद्यालय बन्द
गाउँका मानिस बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ ।
सहिद घोषणाका लागि नाम सिफारिस गर्ने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बलदेव शाह (बाँकावीर) र लोकराज ढकाललाई सहिद घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
चितुवाको आक्रमणबाट सात बाख्रा मरे
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडामा चितुवाले आक्रमण गर्दा सात वटा बाख्रा मरेका छन् ।