किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुभएको छ ।
बडिमालिका मन्दिर
अछाम, माघ १४ गते । बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको मुख्य मन्दिर । यतिबेला हिउँपरेपछि यो क्षेत्र मनमोहक देखिएको छ । तस्बिरः रासस
पहिरो खसेपछि लोकमार्ग अवरुद्ध
दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ ।
अछामको किशोरी मृत्यु प्रकरण: दुई जना नियन्त्रणमा
अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।
अभियानले पनि हटेन छाउप्रथा
बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ ।
बरघर प्रथालाई कानुनी मान्यता दिइने
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।
किशोरीहरुको हत्या भएको दावी गर्दै छानविनको माग
अछाममा मृत भेटिएका दुई जना किशोरीका आफन्तले हत्या भएको आशङ्का गरेका छन् । ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको ढकारी गाउँपालिकाकै –१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो ।
फूलबारी महोत्सव आयोजना हुने
कैलालीमा फूलबारी महोत्सव आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका –१४ स्थित एच गाउँमा महोत्सव आयोजना हुने भएको हो ।
जङ्गलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने
जङ्गलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगन्जमा पोस्टमार्टम हुने भएको छ। गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज लाने तयारी प्रहरीले गरेको हो।
बाढीपहिरो पीडितको घर निर्माण अलपत्र
बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा घर निर्माण कार्य अलपत्र परेको छ ।
कैँची प्रहार गरी हत्या
कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् ।
अछामकाे बयालपाटा अस्पताल
अछाम, माघ १३ गते । न्याय हेल्थ नेपालको सहकार्यमा स्थानीय स्रोत साधन र माटोको प्रयोगबाट निर्माण गरिएको अछाम जिल्लास्थित बयालपाटा अस्पतालको भवन । विगत १७ वर्षदेखि उक्त अस्पतालले अछामलगायत विभिन्न जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । तस्बिरः रासस
वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा
शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार रु २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ ।
डकर्मी कार्य सिक्दै महिला
कञ्चनपुर, माघ १३ गते । डकर्मीसम्बन्धी तालिम लिँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका महिला । उक्त नगरपालिकाको सहयोगमा १२ वटै वडाका २० जना महिलालाई तीनमहिने डकर्मी तालिम दिने कार्य भइरहेको छ । तस्बिरः रासस
बैङ्क चोरी गर्ने युवा पक्राउ
तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।
स्थानीय सेवा ऐन बनाउँदै प्रदेश सरकार
सङ्घीयता कार्यान्वयन भएको सात वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन बनाउँदै छ ।
पुनर्संरचनापछि पनि फेरिएन गाउँको दुःख
तत्कालीन गाउँ विकास समिति हुँदै अहिलेको गाउँपालिका र नगरपालिका बनेर दुई पटक स्थानीय तहको पुनर्संरचना फेरिँदा पनि बैतडीको मेलौली नगरपालिका–८ को सिङ्गो वडाले पञ्चायतकालकै दुःख खेप्नु परेको छ ।
बाख्रा चराउन गएका दुई किशोरी मृत फेला
बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ ।
निजामती कर्मचारी संगठन अछाममा रावल
नेपाल निजामती कर्मचारी संगठन, अछामको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको १२ औं अधिवेशनले जगतबहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
नयातल कथा संग्रह विमोचन
साहित्यकार कैलासकुमार पाण्डेयको कथा संग्रह नयातलको धनगढीमा विमोचन गरिएको छ।
कुशल भुर्तेलले अर्जुन ट्रफी प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने भएका छन्।
शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।
प्रेस चौतारी कैलाली अध्यक्षमा विष्ट
प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट चयन हुनु भएको छ । धनगढीमा आयोजित चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत विष्टलाई अध्यक्ष चयन गरेको हो ।