खरमजुर संरक्षण गर्न समुदायमा सचेतना
अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना फैलाउन थालिएको छ । दुर्लभ खरमजुरको अनुगमनसहित संरक्षणका लागि ज्ञान फैलाउने उद्देश्यले कञ्चनपुरको दक्षिणी क्षेत्रमा सचेतनामूलक कार्यव्रmम गर्न थालिएको हो । विगतमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै खरमजुर बस्ने गरेको तथ्याङ्क थियो तर नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले सन् २०१४ र २०१५ मा गरेको अध्ययनले प्रजनन नगर्ने मौसममा खरमजुर बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीका खेतबारी र दोदा नदी किनारको घाँसे मैदानमा आउने गरेको तथ्य पु्ष्टि गरेको छ ।
स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल
अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर हेर्दा ‘फ्रिज’ मा तीन वटा बियरका बोतल राखेका पाइएको हो ।
केदारनाथमा मौसमी रोजगारी : डोकोमै बोकेर तीर्थाटन गराउँदै नेपाली
जहाँ रित्तो मानिसलाई हिँड्न धौ धौ पर्छ, त्यहाँ नेपाली कामदारले २२ किलोमिटर उकालीओराली डोकोमै बोकेर भारतीय दर्शनार्थीलाई तीर्थाटन गराउँछन् । रित्तो मान्छे हिँड्न सकस पर्ने बाटोमा पनि तीर्थयात्रुलाई पिठिउँमा बोकेर केदारनाथ मन्दिरको दर्शन गर्न लाने र यातायातका साधन भएको ठाउँसम्म ल्याउने काममा नेपाली युवा खटिने गरेका छन् । सुदूरपश्चिम र कर्णालीका धेरै युवाको ‘मौसमी रोजगारी’ को गन्तव्य भारतका प्रमुख सहर र प्रसिद्ध धार्मिक स्थल हुने गरेका छन् । हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल केदारनाथ मन्दिरको दर्शन गर्न २२ किलोमिटर अग्लो पहाड चढ्नु पर्छ । पहाड चढ्न नसक्ने तीर्थयात्रीलाई डोकोमा बोकेर मन्दिरसम्म पु¥याउने काम नेपाली युवाले गर्ने गरेका छन् । तीर्थयात्रुको तौल ८० देखि ९० किलोसम्म हुने गरेको छ ।
एमाले कैलालीको १३ पालिकामा नयाँ नेतृत्व
नेकपा (एमाले) ले कैलालीका सबै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा अधिवेशन सम्पन्न गरेको हो ।
धनगढीको आन्तरिक आम्दानी पौने छ करोडले बढ्यो
विभिन्न स्थानीय तहका आन्तरिक आम्दानी घटेको देखिएको बेला धनगढी उपमहानगरपालिकाले पौने छ करोड रुपियाँ आन्तरिक आम्दानी बढाएको छ ।
आम्दानीभन्दा कैयौँ गुणा बढी खर्च
कतिपय स्थानीय तहको आन्तरिक आयले त्यहाँका जनप्रतिनिधिको सेवासुविधा पनि धान्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यस्तो अवस्थामा रहेको स्थानीय तह कैलालीको मोहन्याल गाउँपालिका पनि हो । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को आन्तरिक आय २७ लाख ४७ हजार रुपियाँ मात्रै थियो तर गाउँपालिकाको पदाधिकारीको सुविधा मात्रै ६१ लाख रुपियाँ खर्च भएको छ । जनप्रतिनिधिले सेवा सुविधा लिन थालेपछि यो रकम निकै बढ्ने क्रममा रहेको छ । सो गाउँपालिकाका जनप्रतिनिधिले भ्रमण खर्चबापत मात्रै ४३ लाख, इन्धन खर्च ३१ लाख रुपियाँ भुक्तानी लिएका छन् । जनप्रतिनिधिका लागि एउटा भ्यान र तीन मोटरसाइकल खरिदमा ५९ लाख ७८ हजार रुपियाँ खर्च भएको छ । त्यसै गरी भोजन शीर्षकमा आठ लाख ४४ हजार रुपियाँ खर्च गरिएको थियो । सवारी मर्मत ३४ लाख २२ हजार रुपियाँ खर्चेको छ । पटक/पटक एउटै सवारीसाधन मर्मत गर्नुको प्रयोजन नखुलेको महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा उल्लेख छ । माथि उल्लेख भएका सबै कुरा सो प्रतिवेदनमा औँल्याइएका छन् । यस्तै चुरे गाउँपालिकाले आ.व. २०७९/८० मा एक करोड चार लाख ५० हजार रुपियाँ आन्तरिक आय हुने अनुमान गरेको थियो तर ३० लाख रुपियाँ मात्रै उठ्यो । छ वटा वडा रहेको चुरे गाउँपालिकाका जनप्रतिनिधिको वार्षिक सुविधा ५५ लाख ५७ हजार ५०० रुपियाँ खर्च भएको थियो । यस वर्ष पालिकाको भ्रमण खर्च ३३ लाख रुपियाँ छ । कार्यालय प्रयोजनको इन्धन ४९ लाख ४४ हजार रुपियाँ छ । सवारी मर्मत १३ लाख ४३ हजार ६९० रुपियाँ छ ।
झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती
झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई सास्ती भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो । आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ ।
साहसी असई रामसिंहले बचाउनुभयो ११ वटा खच्चड
इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर भएपनि खच्चडलाई बचाउनुभयो ।
जीर्ण पुलबाट आवतजावतमा रोक
पुलको लठ्ठा चुँडिएर खच्चड अड्किएको कर्णाली नदी माथिको खिड्कीज्युला पुलमा मानिसलाई आवतजावतमा जिल्ला प्रशासन कार्यालय, अछामले रोक लाएको छ ।
निरन्तरको प्रयासले नेतृत्व क्षमता बढ्ने विश्वास
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले निरन्तरको छलफलले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अमरसिंह थापाको सालिक निर्माणपछि पर्यटक आकर्षित
जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।
भगवान शिवको प्रतिमा
नैनीमा एकै ढुंगामा पाँच मुर्ति कुद्न थालिएको मध्येमा भगवान शिवको प्रतिमा । तस्विरः शिवराज ढुंगाना
‘खच्चड मरे म ऋणमा डुब्ने भएँ’
अछामको भाटगाउँका जीवन रोकामगरको मोबाइलमा आइतबार फोन आयो । घरमा खाना खाने तयारी गरिरहेका जीवनले फोनबाटै आफ्ना सबै खच्चड पुलमा दुर्घटनामा परेको खबर पाउनुभयो । थालमा पस्केको खाना खान नपाउँदै उहाँ दुर्घटनास्थलतिर दगुर्नु प¥यो । अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका जोड्ने झोलुङ्गे पुलमा दुर्घटना हुँदा उहाँका खच्चड अड्किएका थिए । त्यो खबरसँगै उहाँ एकाएक छाँगाबाट खसे जस्तै हुनुभयो । पारिपट्टि दैलेख र कालीकोटका अग्ला पहाडबाहेक जीवनको आँखामा अरू केही नदेखिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “एकैछिनमा मेरा सबै सपना चुँडिए । मन रोयो ।”
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन
यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।
सुदूरपश्चिमका मन्त्रालय फुटाउने कुरामा कांग्रेसको आपत्ति
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सरकारले मन्त्रालय फुटाउन गरेको तयारीको विरोध गरेको छ ।
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिको गणना सुरु
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको छ ।
‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा
जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ ।
निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह
जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।
अझै बनेन विपत् प्रतिकार्य योजना
खोला, नदीनाला धेरै भएको कैलाली जिल्ला अरू जिल्लाको तुलनामा मनसुनजन्य विपत्बाट जोखिममा पर्दै आएको छ । डाँडाकाँडामा डोजरे विकास र जथाभाबी वन फँडानी र चुरे अतिक्रमणलगायतका कारणले हरेक वर्ष जिल्लावासीले प्राकृतिक विपत्का घटनाबाट पीडा भोग्नु परिरहेको छ । खास गरेर चुरे क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुबानलगायतबाट धनजनको क्षति हुने गरेको छ । त्यसैले जिल्लाका हरेक बस्तीमा बर्खा नलाग्दै त्रास फैलिने गरेको छ । यस वर्षको मनसुन आउन थाले पनि कैलालीमा जिल्ला विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन । मनसुनजन्य विपत्बाट हुन सक्ने हानीनोक्सानी
निःशुल्क हुने बिमासमेत गर्दैनन् किसान
भागेश्वर गाउँपालिका–४, बगरकोटका भीम सार्कीले ४५ वटा बाख्रा पाल्नुभएको थियो । गएको जेठ २ गते उहाँका ११ वटा बाख्रा एकै पटक मरे । पेट फुल्ने, नाक, मुखबाट पातलो तरल पदार्थ निस्कने, सिँगान बग्ने, सास फेर्न कठिनाइ हुने जस्ता लक्षण देखिएसँगै बाख्रा मरेका हुन् । गाउँपालिकाका पशु सेवा शाखा संयोजक नायब पशु सेवा प्राविधिक मोहन सार्कीका अनुसार जेठ ४ गतेसम्म उहाँका ३१ वटा बाख्रा मरे । उहाँले बाख्राको बिमा गर्नुभएको थिएन । निःशुल्क हुने बिमा नगर्दा सार्कीले ठुलो क्षति बेहोर्नु प¥यो ।
लट्ठा चुँडिँदा विद्यार्थीले पढ्न पाएनन्
कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा आवतजावत बन्द भएपछि कर्णलीपारिका ९५ जना विद्यार्र्थी विद्यालय जानबाट वञ्चित भएका छन् । आइतबार बिहान भारी बोकेका खच्चड पार गर्ने क्रममा चुँडिएको पुललाई स्थानीय प्रशासनले आवतजावतमा रोक लगाउँदा विद्यार्थीको अध्ययनमा असर परेको हो ।
सुदूरपश्चिमका सात मन्त्रीले लिनुभयो शपथ
सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।
पुलबाट उद्धार गरिएका खच्चडको विज्ञ केन्द्रको टोलीद्वारा उपचार
अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार गरिएका घाइते खच्चडहरूको थप उपचार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा बने ११ मन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्नुभएको छ । अब प्रदेश सरकार ११ सदस्यीय भएको छ ।