बढे भ्रष्टाचारका उजुरी
सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारसम्बन्धीका उजुरी बढ्न थालेका छन् ।
विश्राम वाटिकामा प्रवेश खुला
टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।
दुर्गम बस्तीसम्म सडक विस्तार हुँदै
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ ।
कोल्टीमा बस पुग्दा बाजा बजाएर स्वागत
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड शिलान्यास भएको २५ वर्षपछि कोल्टीमा बस सेवा सञ्चालनमा आएको छ ।
युवालाई आरन र चोयाको तालिम
युवापुस्तालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै आरन र चोयाको तालिम दिइएको छ ।
घाँसदाउराको जोहो
कञ्चनपुर, पुस २७ गते । शुक्लाफाँटा राष्ट्रिय निकुजको अर्जुनी सेक्टर क्षेत्रबाट घाँसदाउरा बोकेर ल्याउँदै गरेका महिला । खरखडाईका लागि निकुञ्ज तीन दिनका लागि खुला गरिएपछि घाँसदाउरा गर्न स्थानीयको घुइँचो लागेको छ । तस्बिरः रासस
छयासी प्रतिशत शिक्षकले प्रयोगमा ल्याउँदैनन् प्रविधि
सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नदेखिएको पाइएको छ ।
थारू गाउँमा माघीको चहलपहल
कैलालीको थारू गाउँमा माघ (माघी) पर्वको चहलपहल सुरु भएको छ ।
टीकापुर जग्गा प्रकरण : सतासी जना दोषी ठहर
कैलालीको टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८७ जना दोषी ठहर भएका छन् ।
सुदूरपश्चिममा पुस २९ गते सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सो दिनबाट थारु समुदायको माघ पर्व सुरु हुँदैछ।
सुदूरपश्चिममा भूकम्पीय जोखिम, तर छैन पूर्वतयारी
पश्चिम नेपाल र विशेषगरी सुदूरपश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम सम्भावना रहेको बताइन्छ । सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न भने सरोकारवाला चुकेको विज्ञहरुको टिप्पणी छ ।
वडाध्यक्षको तरकारीखेती मोह
शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् ।
बाढीपीडितले अझै पाएनन् राहत
बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् ।
टीकापुर नगर विकासको जग्गा घोटाला: अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर
विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ ।
हस्तकलाले बदलियो माछा मार्ने पेसा
बर्दियाको राजापुर नगरपालिका–३ की सिताबी थारूलाई हिजोआज कर्णाली नदीमा माछा मार्ने समयमा घरमै हस्तकला सामग्री बनाउन भ्याइनभ्याइ छ ।
स्वाइन फिभरबाट ३५ बङ्गुर मरे
कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका ३५ बङ्गुर मरेका छन् । घोडाघोडी नगरपालिका –९ का कृषक प्रशु चौधरीले पालेका बङ्गुर अफ्रिकन स्वाइन फिभर लागेर मरेका हुन ।
घोडाघोडी सिमसार क्षेत्रमा जलपंक्षी गणना
विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना गरिएको छ ।
माटोका भाँडा बनाउने व्यावसायी समस्यामा
पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगढको अभाव हुन थालेपछि व्यावसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।
थारू गाउँमा माघका लागि ‘जिता’ अभाव
कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिता अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिता अभाव भएको बरघरहरुको भनाइ छ ।
लागूऔषधसहित पाँच पक्राउ
कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
डल्लपमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान
कैलालीमा ट्राफिक प्रहरीले डल्लप (गोरुगाडा) मा टल्किने रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । डल्लपका कारण राति हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले डल्लपको अगाडि पछाडिको भागमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । विशेष गरेर जिल्लाको ग्रामीण क्षेत्रमा यो अभियान थालिएको छ ।
इँटा सुकाउँदै
कञ्चनपुर, पुस २५ गते । शुक्लाफाँटा नगरपालिका १२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर । प्रति इँटा रु. १२ देखि रु. १६ का दरले बिक्री भैरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस
दुनाटपरी बनाउँदै
कञ्चनपुर, पुस २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका १ राजपुरमा माघीका लागि दुनाटपरी बनाउँदै स्थानीय था महिला। थारु बस्तीका स्थानीय माघीको तयारीमा जुटेका छन्। तस्बिरः रासस
विपन्नको उत्थानमा उदासीन उपभोक्ता समूह
कैलालीमा रहेका सामुदायिक वन उपभोक्ता समूह विपन्न वर्गको जीविकोपार्जनका गतिविधि सञ्चालनमा उदासीन देखिएका छन् । बजेट अभाव देखाउँदै अधिकांश सामुदायिक व