हराउँदै हातखुट्टामा ‘टीका छेडैना’
कुनैबेला आदिवासी जनजाति थारू समुदायका विवाहित महिलाका लागि अनिवार्य जस्तै रहेको शरीरमा टीका छेडैना (ट्याटु खोप्ने) चलन हराउन थालेको छ ।
पहिलेका डल्फिन सिकारी, अहिले संरक्षक
कुनै समय ‘गुलेली बाजे’ उपनामले चर्चित संरक्षणकर्मी भोजराज श्रेष्ठ उमेरले ९० वर्ष पुग्नुभएको छ तर संरक्षणको कुरामा उहाँमा उत्तिकै जोस छ । उमेर बढेसँगै कान कम सुन्ने र बेला बेला बिर्सिने समस्या भए पनि उहाँले डल्फिन संरक्षणका कार्यक्रममा पुग्न छोड्नुभएको छैन ।
युवालाई गाउँमै तालिम
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाले युवाका लागि जीवनोपयोगी सीप विकास तालिम सञ्चालन गरेको छ ।
एमाले अछामद्वारा छ जनालाई जिम्मेवारीबाट हटायो
पार्टीको हित विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) अछामले छ जनाको जिम्मेवारी खोसेको छ । पार्टीको विधान विपरीत कार्यमा संलग्न भएको भन्दै एक विज्ञप्ति प्रकाशित गरेर पाँच जिल्ला सदस्य र एक नगर अध्यक्षको जिम्मेवारीबाट निष्कासन गरेको हो ।
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ ।
जलपर्यटन : सुदूरपश्चिमले फर्काउन सक्छ लय
“भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।
चट्टान फोरेपछि गाउँ जोडिँदै
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन वृद्धि
स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन भइरहेको पाइएको छ ।
मुख्यमन्त्री शाहद्वारा पूर्वमुख्यमन्त्री र सभामुखसँग छलफल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गर्नुभएको छ ।
कोशी प्रदेशमाथि त्रिभुवन आर्मीको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिनुहुन्छ ।
कुनै पालिकामा पाँच वटा केन्द्र, कतै एउटा मात्रै
माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा केन्द्र कुनै पालिकामा पाँच वटा त कुनैमा एउटा मात्र हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ ।
विमानस्थल सञ्चालन गर्न माग : यात्रु नपाए टिकटको पैसा बेहोर्ने
अछामको कमलबजारको विमानस्थल सञ्चालनका लागि विभिन्न स्थानीय तहले माग गरेका छन् ।
स्थानीयको रोजाइमा बिरे झरना
बाजुराको बिरे झरना पछिल्लो समय यहाँका स्थानीयको रोजाइमा परेको छ ।
राजस्व जति सुविधामै खर्च
बैतडीका स्थानीय तहले राजस्वबाट प्राप्त रकमको ८० प्रतिशत पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर सक्ने गरेका छन् ।
कर्मचारी एक, जिम्मेवारी तीन जिल्ला
बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ ।
प्रधानमन्त्री कप : बागमती र कोशी विजयी
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ ।
प्रदेश सभाको स्थापना दिवस
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस आज मनाइएको छ । प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
विद्यार्थीलाई निःशुल्क कक्षा
बाजुराको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले यहाँका बालबालिकाहरुको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ।
विपिन सकुशल घर फर्किने आशामा परिवार
हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशको औचित्य देखिने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
गाउँमा राम्रो काम गर्दा निरन्तर नेतृत्व
थारू गाउँमा भलमनसाको पदावधि एक वर्षको रहने गरेको छ तर गाउँवासीको मन जित्ने गरी काम गर्दै आएका कारण कैलालीका एक भलमनसाले गाउँको नेतृत्व गरेको ३० वर्ष पुगेको छ ।
शैक्षिक गुणस्तर उकास्ने नीति आवश्यक
शैक्षिक गुणस्तर माथि उकास्न राज्यले नै शैक्षिक नीति बनाउन नसकेको माध्यमिक तहका प्रधानाध्यापकले गुनासो गरेका छन् ।
जिल्ला अस्पताललाई कम्बल सहयोग
उपचारका क्रममा भर्ना भएका बिरामीहरुको सहजताका लागि कम्बल र तन्ना जिल्ला अस्पताललाई कम्बल सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसनिकट स्कुल अफ डेमोक्रेसी, अछामले तातो कम्बल र तन्ना सहयोग गरेको हो ।