आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु
कञ्चनपुर, माघ १२ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
डोटीको भुवानाच
अछाम, माघ १२ गते । अछामको साफेबगरमा सञ्चालित सातौँ साफेबगर महोत्सवमा डोटीको पूर्विचौकी गाउँपालिका सानागाउँका पुरुषहरु भुवानाच प्रदर्शन गर्दै । तस्बिरः रासस
पूरा हुँदै मोहनपुरवासीको सपना
कैयौँ वर्षदेखि दुःखको नदी तर्दै आएका मोहना नदीपारिको गाउँ मोहनपुरवासीको पुलमा हिँड्ने सपना पूरा हुँदै छ ।
महिला ‘ड्राइभर’ सम्मानित
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातका लागि जिप चलाउँदै आउनुभएका बैतडीकी २० वर्षीय रविना चन्द (रुबी) लाई सम्मान गरिएको छ ।
बागमतीमाथि सुदूरपश्चिमको जित
कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
सहमतिपछि साँफेमार्तडी सडक खण्ड सञ्चालन
साँफे-मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बुढीगङ्गा नगरपालिका-८ बेतालमाण्डौ बजार नजिक बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वारको बसको ठक्करबाट ज्यान गएको थियो।
जनप्रतिनिधिको तरकारी खेतीमा आकर्षण बढ्दो
बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुको पछिल्लो समय तरकारी खेतीमा आकृषण बढ्दै गएको छ । स्थानीय तहले यहाँका गाउँ बस्ती सडक सञ्जालको पहुँच तथा कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका जनप्रतिनिधिहरुको तरकारी खेतीमा निकै आकृषण बढ्दै गएको हो ।
प्रधानमन्त्री कप : एपिएफको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि सहज जित निकालेको छ ।
विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।
आहा कर्णाली नदी
अछाम, माघ ११ गते । अछाम र दैलेख जिल्लाको सीमा बिचमा भएर बगिरहेको कर्णाली नदीको मनाेरम दृश्य। तस्बिर ः रासस
नगरपालिकाभन्दा गाउँपालिकाको शैक्षिक गुणस्तर राम्रो
एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका तीन पालिकाका ४८ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सम्पन्न भएको छ ।
रोकियो खोटो निकासी
डडेलधुरामा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नै नगरी खोटो सङ्कलन हुने काम बन्द गरिएपछि अहिले खोटो निकासी रोकिएको छ ।
किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप
कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
हराउन थाले राडीपाखी
हिउँद सुरु भएपछि बडीमालिका–७, ढम्कनेकी सरा बोगटीको आँखामा राडीपाखी र ओछ्याउने फेरेको झझल्को आइरहन्छ ।
कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने
जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।
कैलालीको मजगाउँमा माघ महोत्सव हुने
थारू समुदायको हराउँदै गएको लोककला, रीति संस्कृति संरक्षण सम्बर्द्धन गर्ने तथा पहिचान बचाउने उद्देश्यले माघ महोत्सव आयोजना गर्न लागिएको हो ।
अर्जुन ट्रफी : उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
क्रिकेटको सहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
संशोधन विधेयक सभाबाट सर्वसम्मतले पारित
सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ ।
सुपरफोर खेलमा एपिएफको सानदार जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ ।
कैलालीमा ५६ हजारलाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने
कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ ।
बिहानी प्रार्थना गर्दै विद्यार्थी
अछाम, माघ १० गते । अछाम सदरमुकाम मङ्गलसेनस्थित श्री षोड्सा देवी माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानीको प्रार्थना गर्दै । तस्बिरः रासस
बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।