• १२ माघ २०८१, शनिबार

सहमतिपछि साँफेमार्तडी सडक खण्ड सञ्चालन

blog

बसको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध गरेको साँफेमार्तडी सडक । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, माघ ११ गते। बाजुराको साँफे-मार्तडी सडक खण्ड आज देखि सुचारु भएको छ। साँफे-मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बुढीगङ्गा नगरपालिका-८ बेतालमाण्डौ बजार नजिक बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वारको बसको ठक्करबाट ज्यान गएको थियो। 

गत बिहीबार दिउँसो साढे तीन बजे मार्तडीदेखि महेन्द्रनगर जादै गरेको सु प प्र ०१–००१–१०२० नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटना स्थलमै बालकको ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा पीडित, जनप्रतिनिधि, बसमालिका बस व्यवसाय समितिको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा छलफल भएपछि दिउँसो चार बजेबाट सो सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख मेघनाथ पाध्याले पीडितको आफन्तलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएपछि सडक सुचारु गरिएको बताउनुभयो।