• ७ वैशाख २०८२, आइतबार

सहिदको सपना पूरा गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

blog

भावना जोशी
अत्तरिया, माघ  १६  गते  । 
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ  ।

सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख मियाँले सुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले शुभकामना सन्देशमा नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति सम्मान व्यक्त गर्न सहिद दिवस मनाउने गरिएको भन्दै दिवसले सहिदको सपनालाई साकार पार्न थप प्रेरणा दिएको उल्लेख गर्नुभयो ।