• २९ फागुन २०८१, बिहिबार

फरेन्सिक रिपोर्टमा देखिएन चोट

blog

मृतक अच्युतराज कलौनी ।

धनगढी समाचारदाता

धनगढी, माघ २५ गते । कञ्चनपुर प्रहरीले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको शव परीक्षण रिपोर्टमा भित्री र बाहिरी चोट नदेखिएको जनाएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले कलौनी मृत्युको यथार्थ कारण फरेन्सिक परीक्षण रिपोर्टबाट पत्ता लाग्न नसकेको जनाएको हो । रिपोर्टमा भित्री र बाहिरी चोट नरहेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । 

“मुटुमा अक्लुजन देखिएको रिपोर्टमा आएको छ,” उहाँले भन्नुभयो, “मेडिकल भाषामा अक्लुजनको अर्थ मुटुको भल्ब बन्द भन्ने हुन्छ ।” नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चौकनजिक सडकपेटीमा मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको शव घोप्टो परेको अवस्थामा रहेको थियो । कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले फरेन्सिक परीक्षण गरेको थियो ।