गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान
यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।
बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न
बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।
सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा
तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका-३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो ।
माछा मार्ने क्रममा डुबेर मृत्यु
कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको हो ।
सङ्कटापन्न तोपचराको गणना
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोपचरा (फिन्स विभर) को गणना सुरु गरिएको छ । सङ्कटापन्न सूचीमा रहेको सो प्रजातिको चराको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्यका साथ गणना सुरु गरिएको हो ।
धनगढीमा दुई पुरुषको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ ।
चार गाउँमा बल्यो बिजुली
नवदुर्गा गाउँपालिका–४ का गाउँमा लामो समयपछि बिजुली बलेको छ । सोलार र टुकीको भरमा उज्यालो बाल्न बाध्य यस क्षेत्रका चार गाउँका बासिन्दा बिजुली बलेपछि खुसी भएका छन् ।
बाढी प्रभावितको जनजीवन केही सहज बन्दै
बाढी वितण्डाले तहसनहस पारेको कैलाली, कञ्चनपुरका बाढी प्रभावितको जनजीवन केही सहज बनेको छ।
बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि
बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।
बुढीगंगा नदीमा मानव कङ्काल फेला
साँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ ।
मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कँदै
मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौव टा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।
सयौँ परिवार विस्थापित
सुदूरपश्चिमको तराई क्षेत्र बाढीले अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कञ्चनपुर र कैलालीमा वितण्डा मच्चाएको हो ।
कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष, एक बालक गरी पाँच जनाको मृत्यु भएको हो ।
वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण
कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिनुभयो ।
एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो
कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् ।
बाढीले विस्थापितलाई राहत उपलब्ध गराइँदै
बाढी, डुबानका कारण विस्थापित भएका कञ्चनपुरका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन सुरु गरिएको छ । उद्धारको काम सकिएपछि खाना खुवाउनेदेखि अन्य राहत सामग्री उपलब्ध गराउन थालेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो ।
नदीमा पानीको बहाव घट्याे, घर फर्कंदै विस्थापित
जिल्लास्थित मोहना, खुटिया, कटैनी, कान्द्रा, काँढा, पथरैया, कर्णाली लगायतका नदीमा पानीको बहाव घटेको छ ।
बाढीबाट प्रभावितलाई सुरक्षित स्थानमा सारियो
शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढी र डुबानले कैलालीको १ सय ३६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका ५ सय ९१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता
कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
डुबानमा परेका ५० जनालाई सुरक्षित स्थानमा सारियो
लगातार वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुबानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।