पुल निर्माणले लियो गति
पछिल्लो समय मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली पुल निर्माण कार्यले गति लिएको छ । करिब चार वर्षसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माणले गति लिएको हो ।
कैलालीका ‘राजा’ देशराजको वृन्दा भवन जीर्ण
तीन दशकसम्म कैलालीका कैयौँ गाउँमा राज गर्नुभएका जमिनदार देशराज महतो (करियामघरिया) को वृन्दा भवन जीर्ण बनेको छ ।
जिप दुर्घटना हुँदा ५ जना घाइते
जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
भैँसी बेचेर राजमतिको उपचार
उपचार गर्ने खर्च नहुँदा बैतडी पाटनका एक किसानले ५० हजार रुपियाँमा भैँसी बेचेर श्रीमतीको उपचार गरिरहनु भएको छ । भैँसी बेचेको रकमले उपचार गर्न नपुग्दा आफन्त नातेदार र गाउँले मिलेर आर्थिक सङ्कलन गर्ने अभियान चलाए पनि पर्याप्त रकम नउठेको उहाँको भनाइ छ ।
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।
भिरबाट लडेर एघार जनाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस का
फोहोरले नदी प्रदूषित बन्दै
सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ । जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थाले
‘भारतमा ठगिएपछि कमाउन आफ्नै देश फर्कें’
पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर
नयाँ सहर र स्मार्ट सिटीको काम निरन्तर हुन्छः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताउनुभएको छ । वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
अटोरिक्साको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अटोरिक्साको ठक्करबाट महिला घाइते
सडक पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् । अटोरिक्साको ठक्करबाट साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते हुनुभएको हो । घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकोप व्यवस्थापन सञ्जालको प्रदेश अध्यक्षमा ढुङ्गाना
सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका भोजराज ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
ऊन प्रशोधन
अछाम, फागुन ९ गते । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै । भेडाको ऊन कम्बल, स्विटरलगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । तस्बिरः रासस
मुडका ताल
शुक्लाफाँटा, फागुन ९ गते । शुक्लाफाँटा नगरपालिका ८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुडकामा रहेको ताल । तीन बिघा क्षेत्रफलमा फैलिएको यो ताल वर्षेनी खहरेबाट बग्ने पानीले ल्याउने बालुवा, ढुङ्गा, माटोलगायतका कारणले पुरिँदै जान थालेको छ । तस्बिरः रासस
बेहुला बेपत्ता भएपछि विवाह स्थगित
बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो ।
गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
कञ्चनपुर, फागुन ९ गते । स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् । परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना ९बादी०ले बताउनुभयो ।“परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।” ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो । बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो ।“बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।” कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ ।“सीपमा आधारित रोजगारीका अवसर सृजना गरी सहज रूपमा निब्र्याजमा पुँजी उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिए अरूको देशमा गएर जोखिमयुक्त मजदुरी गर्न कोही जाने थिएनन्”, पदम बादीले भन्नुभयो, “सङ्घीय लोकतन्त्र ल्याउनमा हाम्रो पनि अरूको जस्तै योगदान छ, संविधानमा भएको व्यवस्थाबमोजिम गाँसबास, कपासको व्यवस्था गरिनुपर्नेमा त्यो अहिलेसम्म हुनसकेको छैन ।”जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो । “चुनावका बेलामात्र नेताहरूले अश्वासन बाँड्ने गरेका छन्, चुनाव सकिएपछि बस्तीमा हालचाल बुझ्न कोही पनि पुग्दैनन्”, उहाँ अगाडि भन्नुहुन्छ, “नगरप्रमुखले पटकपटक बादी बस्तीमा पुगेर गरेका बाचा पनि बिर्सेका छन्, बस्ती वनहरा नदीको कटानको उच्च जोखिममा रहे पनि चासो छैन ।” वडाध्यक्षले बस्तीका पीरमर्का बुझ्ने गरेको उहाँ बताउनुहुन्छ ।सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् । “बिहान खाना खाएपछि साँझको खानका लागि के गर्ने भन्ने पिरलो सधैँ भइरहन्छ”, बस्तीका अर्जुन बादीले भन्नुभयो, “बिरामी परे उपचार गर्ने पैसा छैन, रोग पालेर बस्नुपर्ने बाध्यता छ, आर्थिक अभावले पोशाकको व्यवस्था गर्न नसक्दा बालबालिकालाई विद्यालय पठाउन समस्या छ ।”बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ । खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ । गुन्यालफाँँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।
धनगढीमा सीप तथा रोजगार मेला सुरु
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सुरु भएको छ।
बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ
कैलालीमा १२ ग्राम १३० मिलिग्राम खैरो हेरोइन (लागु औषध)सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ ।
भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।
बुढीगङ्गाले गर्यो प्रदेशबाट आएका योजना प्रदेशमै फिर्ता
बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ ।
विपत् सिकाइ केन्द्र बन्दै जानकी गाउँपालिका
कैलालीको जानकी गाउँपालिका देशभरका अन्य पालिका र विभिन्न निकायलाई विपत् व्यवस्थापनबारे सिकाउने थलो बन्न थालेको छ ।
अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न सुझाव
पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्व विद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको बताउनु भएको छ ।
पत्रकारिता राज्यको चौथो अङ्ग हो : मन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अङ्ग रहेको बताउनु भएको छ ।