• ९ फागुन २०८१, शुक्रबार

बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ

blog

लागु औषधसहित पक्राउ परेकाहरू । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी
धनगढी, फागुन ८ गते ।
कैलालीमा १२ ग्राम १३० मिलिग्राम खैरो हेरोइन (लागु औषध)सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–८ बुद्ध चौक नजिकबाट सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई १० ग्राम लागु औषधसहित पक्राउ गरिएको छ ।

यसैगरी, गोदावरी नगरपालिका–६ लालपुर बजारबाट सोही ठाउँका २२ वर्षीय करन नेपाली र २४ वर्षीय बाजी आउजीलाई एक ग्राम ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

यस्तै, भारतबाट फर्किदै गरेको अवस्थामा टीकापुर नगरपालिका–१ का २१ वर्षीय जगतबहादुर भण्डारी र २० वर्षीय शेख सुनारलाई ७६० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिनुभयो ।