भवानीदत्त भट्ट
बेलौरी कञ्चनपुर, जेठ १८ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पत्रकारको क्षमता वृद्धिका लागि तालीम आवश्यक रहेको बताउनुभएको छ । आइतबार अनलाइन मल्टिमिडियासम्बन्धि सुदूरपश्चिम स्तरीय दुई दिने प्रशिक्षणको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पत्रकारलाई सरकारले तालीमका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । पत्रकारको क्षमता विकास र आधुनिक समय परिवेश अनुसार तालीम आवश्यक रहेको बताउनु हुँदै मन्त्री शार्कीले प्रदेश सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बदलिँदो समय परिस्थिति अनुसार पत्रकारले मल्टिमिडियाको माध्यमबाट सञ्चारकर्ममा दक्षता हासिल गर्न मन्त्री सार्कीले शुभकामना व्यक्त गर्नुभयो । तालीमले पत्रकारिता जिवनमा अगाडि बढ्न र दक्ष बन्न मद्दत पुग्ने अपेक्षा गरिएको मन्त्री सार्कीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा शनिबार र आइतबार दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाहले पत्रकारको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महासङ्घले पत्रकारको क्षमता वृद्धि, उच्च मुल्याङ्कनका लागि आगामी दिनमा पत्रकारिता पुरस्कारको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो ।
बदलिदो परिस्थितिअनुसार मल्टिमिडियाको प्रयोगबाट पत्रकारिता पेसालाई अझै सहज तुल्याएको बताउनुहुँदै अध्यक्ष शाहले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा पत्रकार विकास कार्कीले मल्टिमिडियासम्बन्धि पत्रकारलाई प्रशिक्षण दिनुभएको थियो ।