शिवराज ढुंगाना
अछाम, फागुन ९ गते । सडक पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् । अटोरिक्साको ठक्करबाट साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते हुनुभएको हो । घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । घटना करिब शुक्रबार दिउँसो करिब २ बजेतिर भएको बताइएको छ ।