• ११ फागुन २०८१, आइतबार

जिप दुर्घटना हुँदा ५ जना घाइते

blog

दुर्घटनामा परेको जिप ।

केशवराज भट्ट

बैतडी, फागुन १० गते । जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा डडेल्धुरा अमरगढी नगरपालिकाका ५३ वर्षीय शिवबहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्राकार र निकास ताम्रकार रहेको ढोले प्रहरी चौकीका निमित्त इन्चार्ज मदन सुनारले जानकारी दिनुभयो ।

घाइते शिव, तेज र दिपकलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दिपेन र निकासको अवस्था समान्य रहेको र उहाँहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक केशव कौनी फरार रहेका छन् ।

जिपमा ३५ वटा बाख्रा थिए । ३ वटा बाख्रा मरेको ढोले प्रहरी चौकीले जनाएको छ । कच्ची सडक खण्डको उकालोमा चढ्न नसकी ब्याक भएर दुर्घटना भएको र सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।