थारू गाउँमा माघका लागि ‘जिता’ अभाव
कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिता अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिता अभाव भएको बरघरहरुको भनाइ छ ।
लागूऔषधसहित पाँच पक्राउ
कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
डल्लपमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान
कैलालीमा ट्राफिक प्रहरीले डल्लप (गोरुगाडा) मा टल्किने रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । डल्लपका कारण राति हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले डल्लपको अगाडि पछाडिको भागमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । विशेष गरेर जिल्लाको ग्रामीण क्षेत्रमा यो अभियान थालिएको छ ।
इँटा सुकाउँदै
कञ्चनपुर, पुस २५ गते । शुक्लाफाँटा नगरपालिका १२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर । प्रति इँटा रु. १२ देखि रु. १६ का दरले बिक्री भैरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस
दुनाटपरी बनाउँदै
कञ्चनपुर, पुस २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका १ राजपुरमा माघीका लागि दुनाटपरी बनाउँदै स्थानीय था महिला। थारु बस्तीका स्थानीय माघीको तयारीमा जुटेका छन्। तस्बिरः रासस
विपन्नको उत्थानमा उदासीन उपभोक्ता समूह
कैलालीमा रहेका सामुदायिक वन उपभोक्ता समूह विपन्न वर्गको जीविकोपार्जनका गतिविधि सञ्चालनमा उदासीन देखिएका छन् । बजेट अभाव देखाउँदै अधिकांश सामुदायिक व
प्रशासन कार्यालयको पर्खाइमा दुर्गमवासी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने दुर्गम बस्तीका बासिन्दा लामो समयदेखि इलाका प्रशासन कार्यालय स्थापनाको पर्खाइमा छन् ।यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दाल
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
महिला प्रहरी बस्ने ब्यारेक नहुँदा समस्या
जनधनको सुरक्षा गर्ने जिम्मेवारीमा खटिएका महिला प्रहरी बस्ने ब्यारेक नहुँदा डेरामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बैतडी जिल्ला प्रहरी कार्यालयसहित मातहत
अनुसन्धानले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा सहयोग पुग्ने
स्वास्थ्य क्षेत्रको अनुसन्धानले गुणस्तर वृद्धिमा सहयोग पुग्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले बताउनु भएको छ।
वन्यजन्तु अपराध नियन्त्रण गर्न एकाइ गठन
वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न बैतडीमा पहिलो पटक जिल्लास्तरीय एकाइ गठन गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय बैतडीको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुखको संयोजकत्वमा इकाइ गठन गरिएको हो ।
शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ
खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी
गत आर्थिक वर्षको बक्यौता नेपाल सरकारबाट भुक्तानी नपाउँदा समस्यामा परेको निर्माण व्यवसायीले बताएका छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायीले बक्यौता नपाउँदा टाट पल्टेको बताएका हुन् ।
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।
सुस्तायो प्रदेश सभाको गतिविधि
सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ । पर्याप्त कार्य नहुँदा प्रदेश सभाको गतिविधि सुस्ताएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि दोस्रो पटक प्रस्तुत गरेको बजेट पारित गर्न अ
गेटामा एमबिबिएस पढाइ सञ्चालन गर्न पहल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा आउने असारदेखि एमबिबिएस पढाइ सञ्चालनका लागि पहल भइरहेको बताउनुभएको छ । सहिद दशरथ चन्द स्वास्थ्य
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ खेलाडी सहभागी
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।
लक्ष्यभन्दा कम धान खरिद
व्यापारीले भन्दा राम्रो मूल्य दिए पनि कैलालीमा यस वर्षसमेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट लक्ष्य अनुसार धान खरिद गर्न सकेन । किसान ले लिमिटेडलाई पर्याप्त मात्रामा धान बेच्न नआएका कारण लक्ष्य अनुसारको धान खरिद नभएको हो ।
एमाले सचिव भट्टले पार्टी छाडेको अफवाह
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको अफवाह फैलाइएको भन्दै उहाँको सचिवालयले कानुनी उपचारको बाटो रोज्ने जनाएको छ ।
गेटामा तीन सय शय्याको अस्पताल तत्काल सुरु गर्छौं : स्वास्थ्यमन्त्री पौडेल
नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमबीबीएस पढाई सञ्चालन गर्नका लागि तीन शय्याको अस्पताल तत्काल चलाउन सकिने बताउनुभएको हो । त्यसका लागि मन्त्रालयले तयारी थालेको मन्त्रीको भनाइ छ ।
८६ प्रतिशत शिक्षक ‘पढ पढ..’ विधिमै केन्द्रित
सरकारले सामुदायिक विद्यालयमा स्मार्टबोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, आधुनिक शैक्षिक सामग्री उपलब्ध गराए पनि दशरथचन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षक यी वस्तुको उपयोग गर्नु त परको कुरा सामान्य पाठ योजनासमेत नबनाइ किताबका भरमा विद्यार्थीलाई ‘पढ पढ...’ मात्रै भन्ने गरेको पाइएको छ ।
कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ ।
‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ ।
पौने चार करोडमा मोटरेबल पुल बन्दै
कैलालीको धनगढी उपमहानगरपालिकास्थित सेतोपुल नाला (सुकटी नाला) मा तीन करोड ७९ लाख ९९ हजार रुपियाँ लगानीमा मोटरेबल पुल बन्दै छ ।