• २० फागुन २०८१, मङ्गलबार

सेताम्य बन्यो पोरखेगढी

blog

बाजुराको पारखेलेखमा वर्षसँगै परेको हिमपात । तस्बिर सौजन्य : तुलाबहादुर रावत

शेरबहादुर सार्की
बाजुरा, फागुन १८ गते ।
बाजुराको पोरखेगढी फेरि सेताम्य बनेको छ । गत बिहीवार राति अविरल वर्षातसँग परेको हिउँले पोरखेगढी फेरि सेताम्य बनेको हो ।

बडिमालिका र बुढीनन्दा नगरपालिकाको बिचमा पर्ने पोरखेगढी यती बेला तीन पटक सेताम्य बनेकोे छ । गत पुस २३ माघ १० र फागुन १५ गते गरी यो वर्ष तीन पटक हिउँ परेपछि यो पोरखेगढी फेरि सेताम्य बनेको हो ।

आफैँमा निकै रमाइलो देखिने पोरखेगढी त्यसैमा हिउँको घुम्टोले ढाकिने गरेकाले अहिले यहाँका आन्तिरक पर्यटक आएर त्यसै हिउँमाथि रमाउन थालेका छन् ।


अहिले यहाँका स्थानीयले यो गढीमा हिउँसँगै रमाइरहेका छन् । जिल्ला सदरमकाुम मार्तडीदेखि यहाँ हिउँ खेल्न आउनेको निकै घुइँचो लाग्ने गर्दछ ।

आफैँमा एक रमाइलो देखिने यो गढी त्यसैमा हिउँको गुम्टोमा परिणत हुने गरेकाले सदरमुकाम मार्तडीदेखि धेरै रमाउँन आउने गरेको बुढीनन्दा नगरपालिकाका –९ सिद्धेश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोरेखेगढी आफैँमा एक चिसो ठाउँ हो । त्यसैमा हिउँदको पानी पर्ने वित्तिकै यो ठाउँमा हिउँ पर्न सुरु हुन्छ । यसै हिउँमाथि आन्तरिक पर्यटक रमाउँने गर्दछन् ।”

मार्तडी कोल्टी सडकको बिचमा रहेको यो पोरखेगढीमा अहिले पनि बाम्लो हिउँ जमेको छ  । यहाँ आउने गरेको जो कोहीले पनि एक पटक गाडी रोकेर हिउँमा रमाउँने गरेको रावतले बताउनुभयो ।