• २२ फागुन २०८१, बिहिबार

ताललाई रामसारमा सूचीकृत गर्न अध्ययन

blog

धनगढी समाचारदाता

धनगढी, फागुन २० गते । सुदूरपश्चिम प्रदेशमा रहेको पन्छीताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न वस्तुस्थिति अध्ययनको काम सुरु भएको छ । 

सिनियर इकोलोजिस्ट हरिभद्र आचार्यको नेतृत्वमा गठित कार्यदलले रामसार क्षेत्रमा सूचीकृत गर्न आवश्यक पर्ने मापदण्ड पहिचानको प्रारम्भिक काम थालेको हो । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो ताल रहेको छ । यसअघि सिकारीतालको नामले परिचित यसको नाम यसै वर्ष परिवर्तन गरेर पन्छीताल राखिएको छ । 

पन्छीतालमा जलपन्छी धेरै पाइने गरेकाले विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न प्रारम्भिक प्रक्रियाको थालनी गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४६५ प्रजातिका चरा पाइने गरेका छन् । 

विभिन्न समयमा गणना गर्दा पन्छीतालमा ५० देखि ५५ प्रजातिका हजारौँ जलपन्छी अभिलेख भएका छन् । संरक्षित क्षेत्रमा रहेको यो ताल जलपन्छीका लागि महìवपूर्ण रहेकाले रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि प्रारम्भिक कामको सुरुवात गरिएको हो । 

यस्तो छ मापदण्ड

रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि उपयुक्त भौगोलिक क्षेत्रभित्र पाइने प्राकृतिक वा नजिक प्राकृतिक सिमसारले दुर्लभ वा अद्वितीय सिमसारका रूपमा प्रतिनिधित्व गर्नुपर्ने र अन्तर्राष्ट्रिय महत्वको हुनुपर्ने समूह ‘ए’ को मापदण्डमा उल्लेख छ । 

यस्तै समूह ‘बी’ मा जैविक विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय महìवको स्थल हुनुपर्ने उल्लेख गरिएको छ । यस समूहमा प्रजाति र पारिस्थितिक समुदायमा आधारित मापदण्ड तीन वटा, जलपन्छीमा आधारित विशिष्ट मापदण्ड दुई वटा, माछामा आधारित विशिष्ट मापदण्ड दुई वटा र अन्य कुरामा आधारित विशिष्ट मापदण्ड एउटा रहेको छ ।