प्रदेश सभाको स्थापना दिवस
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस आज मनाइएको छ । प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
विद्यार्थीलाई निःशुल्क कक्षा
बाजुराको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले यहाँका बालबालिकाहरुको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ।
विपिन सकुशल घर फर्किने आशामा परिवार
हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशको औचित्य देखिने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
गाउँमा राम्रो काम गर्दा निरन्तर नेतृत्व
थारू गाउँमा भलमनसाको पदावधि एक वर्षको रहने गरेको छ तर गाउँवासीको मन जित्ने गरी काम गर्दै आएका कारण कैलालीका एक भलमनसाले गाउँको नेतृत्व गरेको ३० वर्ष पुगेको छ ।
शैक्षिक गुणस्तर उकास्ने नीति आवश्यक
शैक्षिक गुणस्तर माथि उकास्न राज्यले नै शैक्षिक नीति बनाउन नसकेको माध्यमिक तहका प्रधानाध्यापकले गुनासो गरेका छन् ।
जिल्ला अस्पताललाई कम्बल सहयोग
उपचारका क्रममा भर्ना भएका बिरामीहरुको सहजताका लागि कम्बल र तन्ना जिल्ला अस्पताललाई कम्बल सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसनिकट स्कुल अफ डेमोक्रेसी, अछामले तातो कम्बल र तन्ना सहयोग गरेको हो ।
सभापतिको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन
सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिनु भएको छ ।
बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ।
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी
किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । उहाँले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ ।
सडक स्तरोन्नति अलपत्र
डोटीको गैराबजारदेखि डडेलधुराको गाखेतका बस्ती जोड्ने ग्रामीण सडक स्तरोन्नतिको काम दुई वर्षदेखि अलपत्र परेको छ ।
भूकम्पमा चर्केका घर टालेर बस्दै पीडित
बाजुरामा पटक पटक आउने भूकम्पबाट यहाँका अधिकांश गाउँबस्तीमा घर चिरा चिरा पर्ने गरेका छन् ।
गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण
गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गर्नुभएको छ। ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गर्नुभएको हो।
पिएम कपः सुदूरपश्चिममाथि एपिएफको जित
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित निकालेको छ ।
हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने
बाजुरामा फेरि हिमपात सुरु भएपछि चिसो बढेको छ ।
चार महिनापछि बैठक बस्दै
सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।
हिउँदे बाली जोगाउन खेतमा बास
कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो ।
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
‘पञ्चदेवल निर्माण गर्ने श्रीदेवी हुन्’
हुलाक टिकट, दशरथ चन्द नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको बैतडीको पञ्चदेवलको निर्माण एक जना साहसी महिलाको अगुवाइमा भएको दाबी गरिएको छ ।
हिउँदे वर्षाले किसानलाई राहत
यस वर्षको हिउँदमा पहिलो ठुलो वर्षा भएको छ । हिउँद सुरु भएपछि वर्षा नै नभएको डडेलधुरामा पर्याप्त वर्षा हुँदा चिसो ह्वात्तै बढेको छ ।
थारू समुदायले वरघर (भलमन्सा) छान्दै
यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ ।
नेपाल–भारत सीमा स्तम्भको रङगरोगन र मर्मत
कैलाली जिल्लास्थित नेपाल–भारत सीमा स्तम्भहरु रङगरोगनको काम सुरु भएको छ । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असिष्टेण्ट कमाण्डरको उपस्थितिमा विहीबारदेउख रंगरोगन सुरु भएको हो ।