बेरोजगार युवालाई गाउँमै रोजगारी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।
भवन नबन्दा खुला चौरमा पढ्छन् विद्यार्थी
डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन्।
अत्तरियामा पूर्व सूचना अभिवृद्धि तालिम
शनिबाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो। महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी संघ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो।
डेढ करोड खर्चेर राइस मिल सञ्चालन
नवजीवन सहकारी संस्था लिमिटेडले कैलालीमा एक करोड ५६ लाख रुपियाँ खर्चेर राइस मिल सञ्चालनमा ल्याएको छ।
घट्दै भँगेराको सङ्ख्या
पर्यावरणमैत्री संरचनाको अभावमा भँगेराको सङ्ख्या तीव्र रूपमा घटिरहेको बताइएको छ । घर वरिपरि सजिलै पाइने भँगेरा पछिल्लो समय घट्दै गएको चरा संरक्षणकर्मीले बताएका हुन् । विगतमा धेरै पाइने भँगेरा अचेल अन्य प्रजातिका चराको तुलनामा तीव्र रूपमा कम भइरहेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
अनुमति नलिई जङ्गलमा बसेका विदेशीलाई ठाउँ छोड्न सरकारको निर्देशन
कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीले निर्देशन दिइएको छ ।
धनगढीमा आधुनिक शौचालय निर्माण
कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
रानाथारु समुदायले आज खख्डेहरा पर्व मनाउँदै
अविनाश चौधरीधनगढी, चैत ८ गते । सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायमा आज खख्डेहरा पर्व मनाइँदै छ । होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व मनाइ रहेका हुन । यस पर्वमा बिहानै गाउँभन्दा पर सडकमा खख्डेहरा फुटाउने गरिन्छ । गाउँका पुरुष, महिलाले खख्डेहरा फुटाउने गर्दछन् । खख्डेहरा फुटाएसँगै आजबाट पुरुषको तर्फबाट होरी समापन हुने गरेको जनाइएको छ । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ पूर्णिमाबाट सुरु भएको यो पर्व एक महिना आठ दिनसम्म मनाउने गरिन्छ । होरीको अन्तिम दिनलाई खख्डेहरा पर्वको रुपमा मनाउने गरेको धनगढी गाउँका पध्ना (भलमनसा) भज्जी रानाले बताउनुभयो । उहाँका अनुसार खख्डेहरा पर्वमा बिहानै पाँच बजेतिर खख्डेहरा फुटाइ सकेपछि पध्ना र चाकरको घरमा होरी खेल्ने, फगुइ माग्ने लगायतको चलन रहेको छ । साँझतिर खानपान गरेर एक वर्षका लागि होरीलाई बिदाइ गर्ने गरेको पध्ना रानाले बताउनुभयो । खख्डेहरामा माटोको सात वटा गोली र खपरा लगेर सेलाउने गरिन्छ । सात गोलीलाई सात भवानीको रुपमा मान्ने गरेको पध्ना रानाको भनाइ छ । “राक्षसहरूलाई पराजित गरी भवानीहरूले रक्षा गरेकोले साँधैभरि यसरी नै साथ दिइरहनू भनेर पूजा गरिन्छ”, उहाँले भन्नुभयो,“त्यसपछि खख्डेहरा फुटाइन्छ ।” खख्डेहरामा खपरा फुटाउने गरेको बताइएको छ । रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ । खख्डेहरा फुटाएर पुरुषले आफ्नो होरी समापन गर्ने गरे पनि महिलाले भने चैतको चराइँमामात्रै होरी समापन गर्ने गरेको जनाइएको छ ।
घोडाघोडी क्याम्पसमा चैत्र २३ गते स्ववियू निर्वाचन हुने
चाँदनी आचार्यघोडाघोडी(कैलाली) चैत्र ८ गते । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र २३ गते गर्ने सहमति भएको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार चैत्र ५ गते सबै क्याम्पसमा निर्वाचनको मिति तोकिएको थियो तर उक्त क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिइएको थियो ।यता निर्वाचन स्थगितको सूचना आए लगतै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ । क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले सहप्राध्यापक विनोदकुमार खड्काको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचनको प्रक्रिया अगाडी बढाउन जिम्मा दिइएको बताउनुभयो ।निर्वाचन समिति संयोजक विनोदकुमार खड्काले निर्वाचन प्रयोजन नामावली र निर्वाचन सम्बन्धमा छलफल गर्न शुक्रवार दिउँसो निर्वाचनमा भाग लिने विद्यार्थी सङ्गठनलाई बोलाएको जानकारी दिनुभयो । सबै विद्यार्थी सङ्गठनको सहमतिका आधारमा निर्वाचन प्रक्रिया अगाडी बढ्नेसमेत उहाँले जानकारी दिनुभयो ।घोडाघोडी बहुमुखी क्याम्पसमा निर्वाचनकालागि यसअघि छ वटा सङ्गठन दर्ता भए पनि अखिल क्रान्तिकारीले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल एकातिर छ भने नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु अर्को पक्षमा रहेका छन् ।
सुन्दर सुदूरपश्चिम
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले सम्पन्न छ ।
एसइईमा एक सय चौबिस जना अनुपस्थित
बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
एक अर्काको अस्तित्व स्वीकार्नु आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले एक अर्काको अस्तित्व स्वीकार्न आवश्यक रहेको बताउनुभएको छ।
वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट
अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
घर वरिपरि भंगेरा गणना गरेर मनाइयो भंगेरा दिवस
भंगेराका अवस्था पत्ता लगाउन र जनचेतना फैलाउनका लागि मार्च २० मा विश्व भंगेरा दिवस मनाइएको हो। दिवसको अवसरमा कैलाली, कञ्चनपुरमा चराको क्षेत्रमा काम गर्ने संघसंस्थासहित चरा संरक्षणकर्मी, चराप्रेमीले आ–आफ्नो घर वरिपरि पाइने भंगेरा गणना गरेका छन्। यसैगरी, भंगेराले गुँड बनाउनका लागि रुख, घरमा कागजको बट्टा राख्ने, विद्यार्थीमाझ जनचेतना फैलाउने लगायतको कार्य गरिएको छ।
मुख्यमन्त्री शाह र सेना प्रमुख सिग्देलबिच भेटघाट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ ।
बलात्कार गरेको आरोपमा किशोर पक्राउ
कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
अपाङ्गता भएका महिलाको क्षमता बढाउन ‘फेसन सो’
यहाँको धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । ‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
कक्षाकोठा नहुँदा चौरमा पढाइ
डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयमा विद्यार्थी बर्सौंदेखि खुला चौरमा पढ्न बाध्य छन् ।
कालिगडको किल्लामै छैनन् कालिगड
कुनै बेला कालिगडको किल्ला भनेर चिनिने बैतडी सदरमुकामको बबेत गाउँमा अहिले कलात्मक खोलदेली भएका घर निर्माण गर्न सक्ने ८५ वर्षीय ज्येष्ठ नागरिक अन्तराम वडबाहेक नयाँ पुस्ताका कोही छैनन् । मौलिक घर, पुरातात्त्विक देवस्थल, दरबारमा उपयोग भएका दर्जनौँ सिप पुस्तान्तरण हुन नसक्दा हराउने अवस्थामा पुगेका छन् ।
बेरोजगार युवालाई गाउँमै रोजगारी
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिले भन्दै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।
डुबान प्रभावित क्षेत्रको वैकल्पिक खेती चैते धान
कैलालीको डुबान प्रभावित क्षेत्रमा चैते धान खेती वैकल्पिक खेती बनेको छ । बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानका लागि चैते धान वैकल्पिक खेती बनेको हो ।
अछामबाट ५ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
अछाम जिल्लामा एसइई परीक्षकाो तयारी पुरा भएको छ । बिहिबारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको हो ।
बलात्कार गरेको आरोपमा युवक पक्राउ
बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षका राजेश विष्टलाई पक्राउ गरेको हो।