भालुको आक्रमणबाट दुई जना घाइते
डोटीमा जङ्गली भालुको आक्रणबाट एक दम्पती घाइते भएका छन् ।
प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्दै सुदूरपश्चिम
साढे ३१ लाख रुपियाँ बढी खर्चेर सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ल्यापटप खरिद हुँदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो। प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ।
पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते पूर्व लगानी सम्मेलन आयोजना गर्दैछ । लगानी तथा विकास सम्मेलनको तयारी स्वरुप पूर्व लगानी सम्मेलन गर्न लागिएको हो ।
पहिरोको उच्च जोखिममा विद्यालय
बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लाको लक्ष्मी माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । २०७८ को साउन–भदौमा आएको अविरल वर्षाले सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको जोखिममा परेको हो ।
रोग लागेपछि मौलिक खाना खोज्दै
जिल्ला अस्पताल बैतडीमा दैनिक स्वास्थ्य परीक्षण गर्न आउने एक सयमध्ये २० जना मानिसमा मधुमेह, उच्च रक्तचापलगायत नसर्ने दीर्घरोग भेटिन थालेको छ ।
नर्सरी व्यवसायबाट जीविकोपार्जन
जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो ।
डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।
विपत् प्रतिकार्य योजनामा जुट्न जरुरी
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ ।
रामारोशन पर्यटन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त
झण्डै दुई वर्षदेखि रिक्त रहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त हुनुभएको छ ।
जलेको अवस्थामा किशोरीको शव फेला
बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ । बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीका १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो ।
रोजगारी सुनिश्चित गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले रोजगारीको सुनिश्चित गर्न माग गर्दै आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
विश्व क्षयरोग दिवसमा प्रभातफेरी
विश्व क्षयरोग दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।
जङ्गल छाड्न मानेनन् विदेशी पर्यटक, खाली हात फर्के प्रहरी
कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् ।
अनेमसंघ अछाममा नयाँ नेतृत्व
नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।
१२५ मिटर उचाइको बन्यो ऋषिदह झोलुङ्गे पुल
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रुदेखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो ।
‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ।
जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु
अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ ।
देवताको डरले छाउगोठमा बस्न थाले महिला
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।
‘वाटर एटिएम’ सहितको आधुनिक शौचालय
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वाटर एटिएमसहितको सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
बेरोजगार युवालाई गाउँमै रोजगारी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।
भवन नबन्दा खुला चौरमा पढ्छन् विद्यार्थी
डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन्।
अत्तरियामा पूर्व सूचना अभिवृद्धि तालिम
शनिबाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो। महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी संघ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो।
डेढ करोड खर्चेर राइस मिल सञ्चालन
नवजीवन सहकारी संस्था लिमिटेडले कैलालीमा एक करोड ५६ लाख रुपियाँ खर्चेर राइस मिल सञ्चालनमा ल्याएको छ।