चिराकीलाई साइकल वितरण
टीकापुर नगरपालिका–७ ले चिराकीलाई साइकल वितरण गरेको छ । वडाको आव २०८१/८२ को बजेटबाट १२ जना चिराकीलाई प्रतिव्यक्ति १० हजार बराबरको साइकल वितरण गरेको हो ।
डडेलधुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु
डडेलधुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई सङ्कायको पढाइ सुरु भएको छ ।
गाउँमा गाडी पुगेपछि स्थानीय खुसी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–५ को क्युडीमा पहिलो पटक गाडी पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।
स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् तलब
यहाँका दुई वटा गाउँपालिकाका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
अर्जुन ट्रफी : डडेल्धुराको लगातार दोस्रो जित
आज भएको खेलमा बोष्टन क्रिकेट झापालाई डडेल्धुराले ७७ रनले पराजित गरेको हो ।
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।
सूचना केन्द्र स्थापनाका लागि महासङ्घलाई सामग्री
धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ ।
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ ।
कलौनी मृत्यु प्रकरण : फरेन्सिक परीक्षण रिपोर्ट कुर्दै प्रशासन
कञ्चनपुरस्थित नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागि फरेन्सिक परीक्षण रिपोर्ट कुरिरहेको छ ।
चरम दोहनले मासिँदै सिमसार
सिमसार क्षेत्रका रूपमा परिचित कैलालीमा सिमसारको स्वरूप दिनप्रतिदिन बिग्रिँदै गएको छ । पालिकाहरू ठेक्का लगाएर आयआर्जन गर्नेतिर लागेपछि ती सिमसारको स्वरूप बिग्रिँदै गएको हो ।
गृहमन्त्री लेखकद्वारा कलौनीप्रति श्रद्धाञ्जली अर्पण
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ ।
अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो
कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ ।
उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति
शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु. तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ ।
निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र
वडामा आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु भएको स्वास्थ्य चौकी भवन निर्माणको कार्य पूरा नहुँदा निर्माणाधीन भवन खण्डमा परिणत हुन लागेको छ । बैतडीको दशरथ चन्द नगरपालिका–५ को साजीबाटामा आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन हालसम्म सकिएको छैन । स्वास्थ्य चौकी भवनका लागि स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् ।
किशोरीलाई एचपिभी खोप लगाइने
डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । खोप लगाउनका लागि माघ २२ देखि २८ गतेसम्म
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : डडेल्धुराको विजयी सुरुवात
कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ ।
फोनिज सुदूरपश्चिमको अध्यक्षमा चौधरी निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित हुनुभएको छ ।
‘मिडियामा आदिवासी जनजाति पत्रकारको उपस्थिति सकारात्मक’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मिडियामा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ ।
विकासमा महिला सहभागिता
बाजुराका अधिकाशं गाउँ बस्तीका युवा रोजगारिका लागि भारतमा विभिन्न ठाउँमा जान थालेपछि यहाँको विकासमा महिला जाग्न थालेका छन् ।
दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो ।
वन व्यवस्थापन कार्यविधि सुधार गर्न महासंघको सुझाव
सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश समितिले दिगो वन व्यवस्थापन कार्यविधि २०८१ को मस्यौदालाई सुधार गर्न सुझाव दिएको छ ।
उर्मा–भादा–रामपुर सडक निर्माण सुस्त
कैलालीको धनगढी उपमहानगरपालिका–१५ र १६ जोड्ने उर्मा–भादा–रामपुर सडक निर्माण सन्तोषजनक नदेखिएको गुनासो भइरहेका छन् । निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेपछि
कुशल मल्लले अर्जुन ट्रफी खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नु हुने भएको छ।
कम तौल भएको चामलको बोरा बिक्री
बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको पाइएको छ । ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको पाइएको हो ।