बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।
ऐश्वर्य बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका भट्ट बिजयी
कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको छ ।
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।
गाईले पायो न्याय
बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ ।
नयाँ सहरको संरचना प्रयोगविहीन
जग्गा विवादका कारण बैतडीमा पाटन नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । यहाँ ३८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका संरचनासमेत प्रयोगविहीन बन्न पुगेका छन् ।
श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर
दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।
कैलालीमा चैते धानको रोपाइँ
कैलालीमा चैते धान रोपाइँ सुरु भएको छ। जिल्लाको भजनी नगरपालिका लगायतको क्षेत्रमा किसानले चैते धान रोपाइँ गर्न थालेका हुन्।
गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी
गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् ।
गुणस्तर सुधार्न अनुगमन
शैक्षिक अवस्थालाई सुधार गर्नका लागि सामुदायिक विद्यालयमाथि पालिकाले अनुगमन बढाइएका छन् । बझाङको जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुणस्तरको वास्तविकता मापन गर्न प्रत्यक्ष निगरानी गरिरहेका छन् ।
अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
अछाम, चैत ५ गते । अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ।नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय हताहतको जानकारी आएको छैन।नेपाल भूकम्प प्रवृत्त क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना परकम्पहरू जाने क्रम जारी रहन सक्ने विज्ञहरूले बताएका छन्। भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ।
सुन भेटिने बालुवामा प्याज खेती
। वर्षामा आएको बाढीले कैयौँ बिघा खेतलाई बालुवामा परिणत गरिदिन्छ तर पनि किसान लत्तो छाड्दैनन् । उनीहरूको मेहनतले बालुवामा सुन फल्छ । त्यस्तै उदाहरणीय काम सुन भेटिने कर्णाली नदीको बालुवामा भएको छ ।
चिसो स्थान फर्कन थाले आगन्तुक चरा
नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भएकोतिर फर्कन थालेका हुन्।
‘रानाथारु समुदायको संस्कृतिले सबैको मन जितेको छ’
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रानाथारु समुदायको संस्कृतिले सबैको मन जितेको बताउनु भएको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारी धर्नामा
स्थानीय तहमा कार्यरत कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्।
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा बम नियुक्त
पत्रकार डम्मरबहादुर बम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शाहले आज उहाँलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
रानाथारू बस्तीमा होरी नाचको रौनक
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी नाचको रौनक छाएको छ । कैलाली, कञ्चनपुरमा बसोवास रहेको यो समुदायमा गाउँ गाउँमा होरी नाच देखाउँदै होरी मनाइरहेका छन् ।
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
विकासमा फड्को मार्दै हिमाली
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पछिल्लो समय विकासमा फड्को मार्दै गएको छ ।
सडकले फेरियो स्वराडको मुहार
पाटन–पञ्चेश्वर सडक कालोपत्रे हुँदा भारतसँग सीमा जोडिएका तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको मुहार फेरिन थालेको छ । आठ वर्षअघि खच्चडमा नुन, चामल ढुवानी हुने तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले मोटरगाडी गुड्न थालेका छन् ।
पर्यटन प्रवर्धनका लागि सांस्कृतिक आदानप्रदान
जैविक विविधताले महत्वपूर्ण पर्यटकीय क्षेत्र घोडाघोडीको पर्यटन प्रवर्धनका लागि विदेशी पर्यटकको समूह रेन्बो फ्यामिलीसँग सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिएको छ ।
घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते
आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् ।
चट्याङ लागेर एक जनाको मृत्यु
कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको ज्यान गएको हो। पानी पर्ने बेला राना आफ्नो घरको अगाडि आगनमा बसेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। आज कञ्चनपुरसहित विभिन्न स्थानमा पानी परेको थियो।
डढेलोबाट वन जोगाउन यस्तो छ तयारी
वन क्षेत्रमा डढेलो लाग्न नदिनका लागि वन कार्यालय तयारीमा जुटेका छन्। गर्मी याममा डढेलो लागेर वन क्षेत्रको विनाश हुने गरेको छ। त्यस्ता घटना हुन नदिन र भइहाले डढेलो निभाउनका लागि तयारी गर्न थालिएको हो। कैलाली, कञ्चनपुरका डिभिजन वन कार्यालयसहित सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेका छन्।