भूकम्प प्रभावितको आवास पुनर्निर्माण अछामबाट प्रारम्भ
भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट सुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण गर्ने गरेर मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्झौता गरिएको हो ।
अर्जुन ट्रफीको अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
सुदूरपश्चिममा बिहानैदेखि वर्षा
सुदूरपश्चिम प्रदेशमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । पश्चिम न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीको संयुक्त प्रभावका कारण वर्षा भइरहेको जलवायुविद् डा. धरमराज उप्रेतीले जानकारी दिनुभयो ।
विषादी छर्कँदै
कैलाली, माघ ३ गते । धनगढी उपमहानगरपालिका २ कृष्णनगरका किसान बाक्लो हुस्सुबाट तरकारीखेती जोगाउन गोलभेंडाका बिरुवामा औषधी छर्कँदै । तस्बिर ः रासस
उपचार नपाउँदा गर्भवतीको मृत्यु
दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका १ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति मृत्यु भएको हो ।
चर्किएकै घरमा फर्किए भूकम्पपीडित
बाजुरामा भूकम्पको डरले सुरक्षित स्थानमा त्रिपालमुनि बास बस्दै आएका भूकम्पपीडित फेरि चर्किएकै घरमा फर्किन बाध्य भएका छन् ।
पाटनका विद्यालयको गुणस्तर परीक्षण सम्पन्न
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले दुई नगरपालिकाका ३३ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ ।
कृषि कर्ममा पूर्वजनप्रतिनिधि
चारैतिर जङ्गलले घेरिएको सुनसान ठाउँ । त्यहाँ रहेको ठुलो ताल किनारमा खरले छाएको सानो कच्ची घरमा अचेल भेटिनुहुन्छ, पूर्वजनप्रतिनिधि कमलप्रसाद चौधरी ।
आलुमा कीटनाशक औषधी छर्किदै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान डढुवा रोगबाट आलु जोगाउन कीटनाशक औषधी छर्किदै । हुस्सु र कुहिरो लाग्न थालेपछि शितलहरले आलुको बोट मर्नेगर्छ ।
थारु समुदायमा भलमनसा चयन सुरु
माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन्।
तिस वर्षअघिको लालपुर्जा छ, जग्गा छैन
बैतडी पाटनका सुकुमवासी भानदेव कलौनीको हातमा ३० वर्षअघि भूमि सुधार आयोगले बाँडेको लालपुर्जा छ तर जग्गा कुन ठाउँमा हो भन्ने अहिलेसम्म भेटिएको छैन ।
स्वास्थ्य संस्थामा न बिजुली न पानी
स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् ।
गाउँको विकासले पाडीवासी हर्षित
हिमाली गाउँपालिकाको–६, पाडी बाजुराकै एक विकट ठाउँमा पर्छ ।
महिलाको पर्व ‘चेलत्यार’
माघ लागेसँगै बाजुरामा चेलीको चेलत्यार सुरु भएको छ ।
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
फोरजी चलेपछि गाउँ गाउँमा खुसियाली
बाजुरा देशकै दुर्गम जिल्लाका रूपमा मानिन्छ ।
हुलाकी राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम
कैलालीमा बाढीले भत्काएको हुलाकी राजमार्ग अहिलेसम्म मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।
तरुल खन्न र उखु पेल्न व्यस्त स्थानीय
बैतडी, दार्चुला र डडेलधुरामा कागलाई सेलरोटी दिएर मनाइने नरहरि पर्व (माघेसङ्क्रान्ति) ले गाउँमा चहलपहल बढाएको छ ।
परशुरामधाममा मकर स्नान मेला
नेपालका चार वटा धाममध्येको एक धाम कालीनदी किनारमा रहेको परशुरामधाममा प्रत्येक वर्ष मकरसङ्क्रान्तिका दिन मेला लाग्ने गर्छ ।
थारू समुदायमा माघी पर्वको रौनक
आज माघेसङ्क्रान्ति पर्व । बालबालिकादेखि वृद्धवृद्धाले यस पर्वलाई उल्लासमय तरिकाले मनाइरहेका छन् ।
थारु गाउँ-बस्तीमा माघी पर्वको रौनक
थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने
पश्चिमी सीमा नाका झुलाघाटस्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुलाघाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।