• २६ फागुन २०८१, सोमबार

कांग्रेस सभापति देउवा सोमबार धनगढी आउनुहुँदै

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

अविनाश चौधरी
धनगढी, फागुन २५ गते ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी आउँदै हुनुहुन्छ । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उहाँ धनगढी आउन लाग्नु भएको हो ।

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्नुहुने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । 

उहाँले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गर्नुभएको छ ।