• २५ फागुन २०८१, आइतबार

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्नुहुने

blog

प्रधानमन्त्री केपी शर्मा ओली

अविनाश चौधरी
धनगढी, फागुन २४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेशसभा सदस्य धर्मराज पाठकले बताउनुभयो । 

आज बसेको प्रदेशसभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उहाँले प्रधानमन्त्रीले सम्बोधन गर्नु हुनेबारे सदनलाई जानकारी गराउनुभएको थियो । पाठकले प्रदेशसभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनका लागि प्रधानमन्त्रीलाई बुझाउन आग्रह गर्नुभयो ।