केशवचन्द्र महरा
दिपायल, फागुन २५ गते । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दलबहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटनास्थलमै बलायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । मृतक बलायर आइतबार बिहान घर लिपपोत गर्ने माटो खन्न रानीवनमा जानु भएको थियो ।
स्थानीयका अनुसार माटोको ढिस्कोले पुरिँएकी मृतक बलायरको ४ घण्टाको प्रयासपछि शव बाहिर निकालिएको थियो । डोटीमा माटोको ढिस्कोमा पुरिएर वर्षेनी महिलाहरूले ज्यान गुमाउने गरेका छन्।