संशोधन विधेयक सभाबाट सर्वसम्मतले पारित
सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ ।
सुपरफोर खेलमा एपिएफको सानदार जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ ।
कैलालीमा ५६ हजारलाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने
कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ ।
बिहानी प्रार्थना गर्दै विद्यार्थी
अछाम, माघ १० गते । अछाम सदरमुकाम मङ्गलसेनस्थित श्री षोड्सा देवी माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानीको प्रार्थना गर्दै । तस्बिरः रासस
बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
विद्युतीकरणको काम सुरु, पैँतालिस हजार घरधुरीमा बिजुली पुर्याइने
बैतडी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम सुरु भएसँगै त्यहाँका छ हजार घरधुरीमा बिजुली बलेको छ ।
हराउँदै हातखुट्टामा ‘टीका छेडैना’
कुनैबेला आदिवासी जनजाति थारू समुदायका विवाहित महिलाका लागि अनिवार्य जस्तै रहेको शरीरमा टीका छेडैना (ट्याटु खोप्ने) चलन हराउन थालेको छ ।
पहिलेका डल्फिन सिकारी, अहिले संरक्षक
कुनै समय ‘गुलेली बाजे’ उपनामले चर्चित संरक्षणकर्मी भोजराज श्रेष्ठ उमेरले ९० वर्ष पुग्नुभएको छ तर संरक्षणको कुरामा उहाँमा उत्तिकै जोस छ । उमेर बढेसँगै कान कम सुन्ने र बेला बेला बिर्सिने समस्या भए पनि उहाँले डल्फिन संरक्षणका कार्यक्रममा पुग्न छोड्नुभएको छैन ।
युवालाई गाउँमै तालिम
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाले युवाका लागि जीवनोपयोगी सीप विकास तालिम सञ्चालन गरेको छ ।
एमाले अछामद्वारा छ जनालाई जिम्मेवारीबाट हटायो
पार्टीको हित विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) अछामले छ जनाको जिम्मेवारी खोसेको छ । पार्टीको विधान विपरीत कार्यमा संलग्न भएको भन्दै एक विज्ञप्ति प्रकाशित गरेर पाँच जिल्ला सदस्य र एक नगर अध्यक्षको जिम्मेवारीबाट निष्कासन गरेको हो ।
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ ।
जलपर्यटन : सुदूरपश्चिमले फर्काउन सक्छ लय
“भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।
चट्टान फोरेपछि गाउँ जोडिँदै
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन वृद्धि
स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन भइरहेको पाइएको छ ।
मुख्यमन्त्री शाहद्वारा पूर्वमुख्यमन्त्री र सभामुखसँग छलफल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गर्नुभएको छ ।
कोशी प्रदेशमाथि त्रिभुवन आर्मीको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिनुहुन्छ ।
कुनै पालिकामा पाँच वटा केन्द्र, कतै एउटा मात्रै
माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा केन्द्र कुनै पालिकामा पाँच वटा त कुनैमा एउटा मात्र हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ ।
विमानस्थल सञ्चालन गर्न माग : यात्रु नपाए टिकटको पैसा बेहोर्ने
अछामको कमलबजारको विमानस्थल सञ्चालनका लागि विभिन्न स्थानीय तहले माग गरेका छन् ।
स्थानीयको रोजाइमा बिरे झरना
बाजुराको बिरे झरना पछिल्लो समय यहाँका स्थानीयको रोजाइमा परेको छ ।
राजस्व जति सुविधामै खर्च
बैतडीका स्थानीय तहले राजस्वबाट प्राप्त रकमको ८० प्रतिशत पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर सक्ने गरेका छन् ।
कर्मचारी एक, जिम्मेवारी तीन जिल्ला
बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ ।