सुदूरपश्चिमको पहाडि जिल्लामा पनि भूकम्पको धक्का
सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बेलुकी ८ बजेर १० मिनेटमा यस क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो ।
गाउँको रैथाने नाम बचाउन होमस्टे
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित एक गाउँमा कुनै बेला पाँच घरमात्रै थियो, त्यो पनि सबै थारुको। चारैतिर वनले घेरिएको मनमोहक, शान्त, सुन्दर रमणीय ठाउँ। वनमा घर लुकेजस्तै भएका कारण गाउँवासीले गाउँको नाम राखे नुक्लिपुर।
युवालाई स्वदेशमै रोजगारी दिलाउन सक्नुपर्छ : राज्यमन्त्री खड्का
पछिल्लो समय राजनीतिक नेतृत्व र राजनीतिप्रति युवा माझ बढिरहेको तिब्र बितृष्णालाई कम गर्न युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नसक्नु पर्नेमा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जोड दिनुभएको छ ।
शून्य सहनशिलताको नीति लिएर अगाडि बढेका छौँ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताको नीति लिएर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ ।
पुल बनेपछि आवतजावतमा सहज
बाजुराको गौमुल गाउँपालिका–३ को अजयखोलामा झोलुङ्गे पुल बनेपछि बालबालिकालाई आउजाउमा सहज भएको छ ।
युवालाई दमाहा बजाउने कला सिकाइँदै
भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।
ट्राफिक अनुगमन तीव्र, सात लाख ७९ हजारभन्दा बढी राजस्व सङ्कलन
नयाँ वर्ष नजिकिँदै जाँदा बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र बनाएको छ । यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सवारी जाँच तथा निगरानी कडाइका साथ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।
कञ्चनपुरमा यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र
कञ्चनपुरमा यातायात व्यवसायीहरुले यातायातका साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरुले महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू ठप्प पारेका छन् ।
डढेलो लाग्न नदिन उच्च सतर्कता
वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।
नयाँ वर्षका लागि पात टिप्न जङ्गलमा
कञ्चनपुरको बेलौरी नगरपालिका–१० का सरिता चौधरी शुक्रबार बिहानै ७ बजे जङ्गलमा भेट्नुभयो । करिब तीन किलोमिटर यात्रा गरेर उहाँ बेलौरी नगरपालिका–९ स्थित वैजनाथ मध्यवर्ती सामुदायिक वन कुण्डमा सालको सुकेका पात टिप्न जङ्गल जानुभएको हो ।
छाउगोठमा बसे सेवासुविधा रोकिने
अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ ।
दोदा नदीमा तटबन्ध निर्माण सुरु
कञ्चनपुरको दोदा नदीमा पर्ने तटीय क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु भएको छ । जनताको तटबन्ध फिल्ड नम्बर ७ कार्यालय महेन्द्रनगरले ८५० मिटर लम्बाइमा तटबन्ध निर्माणको कार्य अगाडि बढाएको हो ।
जङ्गली हात्ती मृत फेला
दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।
कैलालीमा लागु औषधसहित पाँचजना पक्राउ
कैलालीको धनगढी र गौरीगंगाबाट लागु औषधसहित प्रहरीले पाँच जनालाई पक्राउ परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका–१ का १८ वर्षीय युवक र मंगलसेन नगरपालिका–५ का १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’
चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।
भूमिचर नीलकण्ठ चरा
कञ्चनपुर, चैत २१ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँसहरु भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाहीँ वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन् । तस्बिरः रासस
घट्यो बैतडी अस्पतालको अङ्क
विगतका वर्षमा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरिमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अङ्क यस वर्ष भने घटेको छ ।
ग्रामीण सडक कालोपत्रे नहुँदा सास्ती
बाजुराका ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट बालक घाइते
बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् ।
सामुदायिक वनमा आगलागी हुँदा लाखौँका क्षति
बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द
बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट नेपाली कागज तयार गरिन्छ । बैतडीमा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो ।
नियन्त्रणमा लिइएको बाघ छाडियो जङ्गलमा
मानव बस्तीबाट नियन्त्रणमा लिइएको पाटेबाघ जङ्गलमा छाडिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–२, टेँढुवागाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई सोमबार राति वनमा छाडिएको हो ।
अस्पताललाई आर्थिक सङ्कट
अछामको बयलपाटा अस्पतालमा चुलिएको आर्थिक सङ्कटले जुनसुकै बेला स्वास्थ्य सेवा रोकिन सक्ने अवस्था उत्पन्न भएको छ ।