क्यान्सरका बिरामी खोज्दै चिकित्सक टोली
सुदूरपश्चिम प्रदेशमा क्यान्सरको बिरामी खोज्न चिकित्सक टोली अग्रसर भएको छ ।
विद्यालय समायोजन भयो, शिक्षक दरबन्दी मिलेन
शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुङ्गल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालय समायोजन गरेको छ ।
आगलागी पीडितलाई पचास लाख दिइने
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
केशवचन्द्र महरा दिपायल, चैत्र २८ गते । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ दल्लेखस्थित स्थानीयको लहरी नागरीको घरमा बुधवार राति चट्याङ परेको थियो ।चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीकको मृत्यु भएको हो । सोही चट्याङमा परेर मृतक कमलाका ४ सन्तान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरी घाइते भएका हुन् । त्यस्तै सोही ठाउँका ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको एसपी शर्माले बताउनु भयो ।
बैतडीका दुई क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियुको नेतृत्व
केशब राज भट्ट(बाशलिङ्ग) बैतडी चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका तीन ओटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन सम्पन्न भएको छ । बुधवार सम्पन्न निर्वाचनमा दुई ओटा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एक ओटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरूको संयुक्त प्यानल निर्वाचित भएको छ ।जिल्ला सदरमुकाम गोठलापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानलसहित सभापतिमा रोशन भट्ट एक सय एक मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडुले ५० मत ल्याउनुभएको जगन्नाथ बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हरिदत्त भट्टले बताउनुभयो । मेलौली स्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका मनोज दत्त ओझा प्यानलसहित विजयी हुनुभएको हो । उहाँले ४८ मत ल्याउनुभएको थियो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याउनुभएको भने अखिल क्रान्तिकारीबाट अध्यक्ष पदकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याउनुभएको छ ।यस्तै पाटन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचित भएको छ । पाटन क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्जु भण्डारीले एक सय पाँच मत ल्याएर निर्वाचित हुनुभएको छ । पाटनमा स्वतन्त्र समूहका उम्मेदवार गौतम अवस्थीले ५५ मत र नेवि सङ्घकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याउनु भएको पाटन बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत उत्तम भण्डारीले बताउनुभयो ।विश्वविद्यालयले चैत्र १३ गते बुधवार मतदाता नामावली प्रकाशित गर्दै चैत्र १७ गते उम्मेदवारी दर्ता र चैत २७ गते मतदानको तालिका तोकेको थियो ।
स्ववियु निर्वाचन: दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी
कृष्णबहादुर धामी दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करणसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधवार बेलुकी छ बजेपछि सुरु भएको मतगणना राती एघार बजेपछि मात्रै सम्पन्न भएको थियो । यसैबिच जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।
पाँच करोडको लगानीमा बाख्रा फार्म
बैतडीका निर्माण व्यवसायी सुरेश चन्दले ग्वाल्लेकगाउँमा पाँच करोड रुपियाँको लगानीमा बाख्रा फार्म सुरु गर्नुभएको छ । फार्ममा अहिले डेढ सय बाख्रा रहेका छन् ।
एमाले अछामद्वारा अग्नीपीडिताई सहयोग
जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
अग्निपीडितलाई नगर प्रमुखले एक महिनाको सेवासुविधा दिने
मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ । कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो ।
कोदोखेती गर्ने कृषकलाई गाउँपालिकाले चार लाख दिने
शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्धन गर्न किसानलाई चार लाख रुपियाँ रकम सहयोग गर्ने भएको छ ।
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
कैलालीको अत्तरिया बजारस्थित दुर्गा मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जयगढ बजार आगलागी : गाउँपालिकाले ६ लाख सहयोग गर्ने
ग्यासको सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई गाउँपालिकाले ६ लाख उपलब्ध गराउने भएका छन् ।
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
बैतडीका तीन क्याम्पसमा स्ववियुको मतदान जारी
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत बैतडीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्र्थी यूनियन (स्ववियु) निर्वाचनको मातदान सुरु भएको छ ।
दुध र आइरन चक्की खाए देउता रिसाउने डर
बैतडीका ग्रामीण क्षेत्रका ५० प्रतिशत महिलाकोे प्रजनन स्वास्थ्यमा सङ्क्रमण देखिएको छ । पाटन नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा आएका पाँच सय महिलामध्ये ५० प्रतिशतमा महिलाको प्रजनन प्रणालीमा सङ्क्रमण देखिएको हो ।
लालझाडी अस्पताल सञ्चालनमा समस्या
जनशक्ति र बजेट अभावका कारण कञ्चनपुरको लालझाडीमा निर्माण भएको अस्पताल सञ्चालनमा ल्याउन समस्या भएको छ ।
जयगढबजार आगलागी : सात करोड बढीको क्षति अनुमान
घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
बिसुपर्व मनाउन घर फर्कनेको लर्को
सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्कने क्रम बढेको छ ।
अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट
बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।
धनगढीमा ४२ दशमलव १० प्रतिशत विद्यार्थी कक्षा ८ उत्तीर्ण
कैलालीको धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएका ४२.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अछामको जयगढ बजारमा आगलागी
बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भइरहेको छ।
चैत मसान्तभित्रै प्रदेशको सबै जिल्लामा पाठ्यपुस्तक
सुदूरपश्चिमको सबै जिल्लालाई आवश्यक पर्ने पाठ्यपुस्तक प्रदेश अस्थायी राजधानी धनगढी पुगेको छ ।
विद्यालय समायोजन हुँदा मिलेन शिक्षक दरबन्दी
शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुंगल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरू समायोजन गर्यो । कतिपय विद्यालय गाभिए, कतिपयको तह घटाइयो, तर नगरपालिकाले विद्यालय समायोजनको एक वर्ष पुग्नै लाग्दा पनि शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरू शिक्षक अभावमै वर्ष टुङ्ग्याउन बाध्य भए ।