शिवराज ढुंगाना
अछाम, चैत २७ गते । जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
आगलागीबाट घर, पसल, टहरा आगजनीबाट करोडौंको क्षति भएकोप्रति दल मर्माहत भएको भन्दै नागरिक विस्थापित हुने गरेर निम्तिएको विपत्ति भएको एमाले अछामको ठहर रहेको छ । पीडितहरुको आवश्यक व्यवस्थापनका लागि आफ्नो दलका नेता कार्यकर्ताले खटिन आव्हान गरिएको अध्यक्ष बोहराको भनाइ छ । पीडितहरुको तत्काल व्यवस्थापन, राहत र क्षतिपुर्तिको लागि अन्य निकायलाई सहयोगको अपिल गरिएको छ ।
जयगढको घटनालाई सिकाइको रुपमा लिएर आगामी दिनमा यस्ता घटनाबाट सचेत र सजग रहनुका साथै विपद्का बारेमा पूर्व तयारीमा रहन सबै पक्षलाई आग्रह गरिएको एमाले अछामको विज्ञप्तिमा उल्लेख छ ।