तीस वटा भौतिक संरचना अलपत्र
बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा भौतिक संचरना अलपत्र अवस्थामा छन् ।
‘चोरे लात मिल्छ, मागे राज मिल्छ !’
कलकत्ता बजारको पश्चिमतर्फ सुतिया नदीछेउमा बाँस र खरले छाएको सानो कुटिया छ । त्यहीँ दानबहादुर सार्की (दाने) कुटियामा पाँच दशकदेखि जुत्ता सिलाउँदै आउनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता बजारमा सार्कीले जुत्ता, चप्पल र गाडीका टायर सिलाउँदै आउनुभएको हो ।
लालझाडीमा पाँच करोडमा बनेको आधुनिक पार्क अलपत्र
राना थारूको बाक्लो बस्ती भएको कञ्चनपुरको लाल झाडी गाउँपालिका वा.न. १ मा पाँच करोडको लागतमा आकर्षक उद्यान पार्क निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ ।
बाजुरामा ग्याँस भन्दा बढी दाउराको प्रयोग
बाजुराका अधिकांश गाउँ घरमा खाना पकाउन ग्याँस भन्दा बढी दाउराको प्रयोग हुने गरेको छ । गाउँ बस्ती नजिक वन जङ्गल भएको र दाउरा पनि प्रशस्त पाइने हुँदा यहाँका स्थानीयहरूले ग्याँस भन्दा बढी दाउरा प्रयोग गर्ने गरेका हुन् ।
२४ करोड लगानीको पुल नौ वर्षदेखि अलपत्र
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षसम्म अझै निर्माण हुन सकेको छैन । नियामक निकायले निर्माण कम्पनीलाई कडाइ नगर्दा पुल अलपत्र परेको हो ।
बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु
केशव राज भट्टबैतडी, वैशाख ७ गते । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो ।विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते हुनुभएको थियो । उहाँलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बेलौरीमा डुबानको समस्या, निराकरणका लागि थालिएन पूर्व तयारी
कञ्चनपुरको बेलौरीका अधिकांश क्षेत्र बर्सेनि डुबानमा पर्दै आएका छन् । यस वर्ष पनि बेलौरीमा डुबानको समस्या निराकरणका लागि पूर्व तयारी भने थालिएको छैन ।
सडक विस्तार गर्ने नाममा आफ्नाको जोगाउन सडकको चौडाइ घटाइयो
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा रहेका निर्माणाधीन सडकहरूको चौडाइ घटाएको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । उप–महानगरपालिकाले वडा नम्बर ४ मा रहेका विभिन्न ४ वटा सडकहरूको चौडाइ नक्सामा भएको भन्दा कम गरेर कालोपत्रे गर्न लागेको भन्दै स्थानीयहरूले चर्को विरोध गरेका हुन् ।
आगन्तुक चराको चहलपहल बढ्दै
हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ । बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न जिल्लामा
कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने
आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् ।
पूर्व वडाध्यक्ष शाहले गरे आत्महत्या
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गर्नुभएको छ । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उहाँको घोडाघोडी अस्पतालमा निधन भएको हो ।
सहअस्तित्व कायम गर्न हात्ती पूजा
बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार मङ्गलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि हात्तीबाट हुने क्षति कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न यस्तो पूजा गरिएको हो ।
चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता
कैलालीको चिसापानी–कुइने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।
पाँच वर्षपछि बल्ल तेस्रो किस्ता
बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम पाउने भएका छन् । बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकालाई स्थानीय तहले १० प्रतिशत, प्रदेशले ३० र सङ्घीय सरकारले ६० प्रतिशत रकम दिने निर्णय भएको थियो ।
विमानस्थल विस्तार योजना अलपत्र
कैलालीको धनगढी विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना अलपत्र परेको हो ।
घटाल बाबाको जाँत (मेला) सम्पन्न
देवताका धामी कापेर बालुवा खाने घटाल बाबाको जाँत (मेला) सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत (मेला) मंगलबार सम्पन्न भएको हो ।
नयाँ कानुन बनेनन् महत्त्वपूर्ण कानुन संशोधन
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा नौ वटा मात्रै कानुन निर्माण भएका छन् । २०८१ सालमा प्रदेश सभाबाट विभिन्न कानुन बनेका हुन् । जसमा संशोधन ऐन मात्रै रहेका छन् ।
गाउँको विकासमा महिला
बाजुरामा पछिल्लो समय गाउँको विकास निर्माणका काममा महिला सक्रिय हुँदै आएका छन् । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा पलायन हुँदै गएपछि अहिले गाउँको विकास निर्माणमा महिला सक्रिय हुँदै गएका हुन् ।
चितुवाका लागि हरित मरुभूमि
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुरको विज्ञ टोलीले चितुवाका लागि बैतडी हरित मरुभूमि भएको बताएका छन् । चितुवाको आहाराका लागि विविधतायुक्त मिश्रित वन क्षेत्र नभएकाले चितुवाको आहारा कमी हुँदा नरभक्षी बन्न थालेको विज्ञको भनाइ छ ।
पहिलो पटक नगर बस सञ्चालन
बैतडीमा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ । सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो ।
कैलाली र कञ्चनपुरमा ९० वटा खानेपानी आयोजना अलपत्र
कैलाली, वैशाख २ गते । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१-७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् । यी आयोजनाबाट करिब रु दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ग्रिष्म थापाले बताउनुभयो । थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन नसक्नुका साथै एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतिर नागरिकले स्वच्छ पिउने पानी पाउन नसकेका उहाँले बताउनुभयो । यी आयोजना सम्पन्न गर्न सरकारले पर्याप्त बजेट विनियोजन गरेमा एक वर्षमा सम्पन्न हुनसक्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार सङ्घीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलाली र कञ्चनपुरमा सञ्चालित कतिपय आयोजनाका भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन । बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार रु १० करोडका आयोजनामा वार्षिक रु दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा काम सम्पन्न गर्न अझै वर्षौं लाग्ने देखिएको छ ।दशदेखि १५ हजार जनसङ्ख्या लाभान्वित हुने आयोजना सम्पन्न गर्न रु तीनदेखि रु छ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेकाले काम अलपत्र परेका इञ्जिनियर थापाले बताउनुभयो । डिपबोरिङ, ओभरहेड, कम्पाउन्ड वाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका आयोजनामा पाइप बिछ्याउन बजेट नपुगेर खानेपानी सञ्चालनमा ल्याउन नसकिएको भन्दै तयार भएका आयोजनाका संरचना जीर्ण हुँदै गएका उहाँको भनाइ छ । आयोजना धेरै बाँडेर बजेट कम विनियोजन हुँदा सम्पन्न गर्ने समयावधि लम्बिँदै गएको इञ्जिनियर थापाले उल्लेख गर्नुभयो । सङ्घीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी आयोजनामा सङ्घीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्दै आएको छ । न्यून बजेट विनियोजनले निर्माण भइरहेका आयोजना सम्पन्न गर्न अझै समय लाग्ने उहाँको भनाइ छ । आधारभूत खानेपानी सबै नागरिकलाई समयमा पु¥याउन बजेट बढाउनुपर्नेमा इञ्जिनियर थापाले जोड दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकमा अझै पनि आधारभूत खानेपानीको सुविधा पुगेको छैन ।
बच्चा कोरल्न नेपाल आइपुगे कोइलीदेखि स्वर्गचरीसम्म
बसन्त ऋतुसँगै कोइलीको कुहुकुहु सुमधुर गीत गुञ्जिँदै छ । काफल पाक्यो आवाजले जङ्गलको मनोरम दृश्यमा अझ सुगन्ध थपिरहेको छ । हिउँदमा नसुनिएको चराका यस्ता आवाज गर्मी सुरु भएसँगै सुनिन थालेको हो ।
कोल्ड स्टोर निर्माण कम्पनी कालो सूचीमा
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११ वटा कोल्ड स्टोर निर्माण गर्ने कम्पनीलाई कालो सूचीमा राख्ने भएको छ । सामाजिक विकास स
कवल्टा विमानस्थलकाे सम्भाव्यता अध्ययन
बाजुराको बडीमालिका नगरपालिका-९ मा पर्ने कवल्टा क्षेत्रको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।