• ६ वैशाख २०८२, शनिबार

सहअस्तित्व कायम गर्न हात्ती पूजा

blog

मङ्गलबार बर्दियाको ठाकुरद्वारा हात्तीसारमा हात्तीको पूजा गर्न उपस्थित स्थानीय थारू समुदाय ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), वैशाख ४ गते  । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार मङ्गलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि हात्तीबाट हुने क्षति कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न यस्तो पूजा गरिएको हो ।

थारू समुदायका गुरुवा (धामी, झाँक्री) बाट हात्ती पूजा गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले जानकारी दिनुभयो । बर्दिया निकुञ्जमा रहेको एसियाकै ठुलो राजागज नामक जङ्गली हात्तीको सम्झनासँगै मानव–हात्ती सहअस्त्वि कायम गर्न, विगत वर्षहरूमा घरपालुवा हात्तीबाट सुँगुरको पाठो कुल्चाउने खेलको अन्त्य र संरक्षण तथा पर्यापर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले १२ वर्षअघिदेखि सुरु गरिएको हात्ती पूजा यस वर्ष पनि ठाकुरद्वाराको हात्तीसारमा धार्मिक विधि अनुसार गरिएको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जालका अनु चौधरीले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता तथा वन्यजन्तुको चोरीसिकारी नियन्त्रण अभियानमा जुटेका युवाको अभियानद्वारा विगत वर्षदेखि यस प्रकारका कार्यव्रmम आयोजना गरिँदै आएको छ । ठाकुरद्वारामा गरिएको पूजामा हात्तीलाई फलफूल तथा उखु खुवाइएको छ ।

एसियाकै ठुलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडिएको ठाउँमा थारू परम्परा र हिन्दु सनातन परम्परा अनुसार हात्तीको पूजा गरिएको छ । थारू समुदायको बसोबास रहेको यस क्षेत्रमा थारू समुदायका गुरुवामार्फत पूजापाठ गरेपछि अशान्ति मेटिने जनविश्वास छ । पर्यटकीय क्षेत्र ठाकुरद्वाराको हात्तीसारमा जैविक विविधताको संरक्षण गर्दै मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम राख्न हात्ती पूजा गरिएको स्थानीय थारू गुरुवा ठाकुरप्रसाद थारूले बताउनुभयो ।

हात्तीसार क्षेत्रमा हात्तीले धेरै नोक्सान गर्न थालेपछि थारू समुदायका गुरुवा बोलाएर हात्ती पूजा गर्न थालिएको हो । विगतका केही वर्षदेखि आफुहरूले गणेश भगवान्का रूपमा वनदेवी र हात्ती पूजा गर्न थालेपछि हात्तीले सताउन छाडेको स्थानीयको भनाइ छ ।

‘परम्परागत रूपमा दुई दशकअघिसम्म दसैँको टीकाका दिन घरपालुवा हात्तीबाट सुँगुरको पाठो कुल्चाउने परम्परा थियो । एक जीवबाट अर्को जीवको हत्या गरिनु उपयुक्त नभएकाले सुँगुरको पाठो कुल्चाउने परम्परा अन्त्य गरी सुरुमा हात्ती फुटबल प्रतियोगिता सुरु ग-यौँ,” फेरि हात्तीलाई दुःख नदिने भन्ने उद्देश्यले फुटबल खेलाउन छाडेर पूजा गरिएको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका हेमन्त आचार्यले भन्नुभयो ।