गाउँबस्तीमा गहुँ झार्ने चटारो
बाजुराका धेरै जसो गाउँबस्तीमा यतिबेला गहुँ चुट्ने (झार्ने) कामको निकै चटारो परेको छ । वैशाख पहिलो सातादेखि खेतबाट टिपेर खलामा जम्मा गरेको गहुँ चुट्न चटारो परेको हो । खेतबाट गहुँ घरमा ल्याएर जम्मा गरिए पनि समयमै चुटिएन भने पानीले बिगार्ने डरले यतिबेला गहुँ चुट्न निकै चटारो परेको स्थानीय महिला बताउँछन् ।
प्रवासी नेपाली मजदुर समस्यामा
स्वदेशमा रोजगारीको अवसर नपाएपछि भारतलगायत तेस्रो मुलुकमा काम गर्न जाने अधिकांश मजदुरको दुर्घटना बिमा गरिएको छैन । ग्रामीण क्षेत्रका अधिकांश युवा कामको खोजीमा पलायन हुने गरेका छन् । कार्यस्थलमा दुर्घटना भई ज्यान जाने वा अङ्गभङ्ग हुँदा परिवारको बिचल्ली हुने गरेको छ । वैशाखमा मात्रै भारतमा काम गर्ने बैतडीका दुई आप्रवासी कामदारको दुर्घटनामा मृत्यु भएको छ ।
मार्तडी–कोल्टी सडक अलपत्र
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । कालोपत्रे गरिसक्नुपर्ने सडक अलपत्र अवस्थामा छ । स्थानीयवासीका अनुसार सडक निर्माणको जिम्मा लिएका तीन वटा ठेकेदार कम्पनी बेपत्ता भएका छन् ।
सोनाहा समुदायका किशोरी सामाजिक कार्यमा
राजापुर नगरपालिका–३, बर्दियाकी शारदा सोनाहामा पढेर समुदायका लागि नमुनायोग्य काम गर्ने इच्छा छ । स्नातक तहमा अध्ययनरत शारदा अहिले पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । आर्थिक अभाव, दुःखपीडालाई राम्रैसँग झेलेकी शारदा बुवाआमालाई जस्तो दुःखकष्ट आफ्नो पुस्तामा नहोस् भन्ने चाहनुहुन्छ । त्यसैले त मुस्किलले ५/६ कक्षासम्म पढेर छोड्ने उहाँको समुदायमा शारदा उच्च शिक्षा अध्ययन गर्नेमध्येमा पर्नुहुन्छ ।
मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
श्रीमानको प्रहारले श्रीमतीको ज्यान गयो
जिल्लाको आलितालमा एक श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा उहाँको ज्यान गएको छ । श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते महिलाको ज्यान गएको हो ।
श्रमिक दिवसलाई संघर्षको रुपमा मनाउनुपर्छ : नेता पोखरेल
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोख्रेलले श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
विश्व श्रमिक दिवस : कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सक्नुभएन ।
सेती नदीमा बेपत्ता भएकाको शव तीन दिनपछि फेला
सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।