भजहरमा रमाउँदै कैलालीका थारू समुदाय
लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारू समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए ।
अपाङ्गताले छेकेन उद्यमी बन्न
अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ ।
महिला नेतृत्व स्वीकार्न आनाकानी
कैलारी गाउँपालिका–३ की शान्तिदेवी चौधरीले शिव सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व गरेको केही वर्ष बितेको छ ।
सरकारी विद्यालय सुनसान निजीमा धमाधम भर्ना
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान र पठनपाठन बन्द भएपछि विद्यार्थीहरू संस्थागत (निजी) विद्यालयमा भर्ना हुन थालेका छन् ।
बजार जोगाउन कठोर निर्णय
बर्सौंको मेहनतले बनाएको आफ्नो पक्की घर भत्काउन लगाएर गीता कठायत कुँवरले साँफे हाटबजारलाई आगलागी हुनबाट जोगाउनुभयो ।
तराई–मधेश जागरण अभियान : माओवादी नेता कैलाली आउने क्रम सुरु
तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका लागि नेकपा (माओवादी केन्द्र) का नेता कैलाली आउने क्रम सुरु भएको छ ।
कर्णाली नदीमा डुबेर एक युवक बेपत्ता
बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ रुकुम बस्ने वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन् ।
जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नु भएको थियो ।
गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द
बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार
यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ ।
विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत
नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउनुहुँदै
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै हुनुहुन्छ।
सात वर्ष बित्दासमेत सञ्चालनमा आएन ‘महेन्द्रनगर सभागृह’
पटक–पटक म्याद थप्दै बनेको ‘महेन्द्रनगर सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौ समय लगाएर आठ करोड ५१ लाख रुपियाँमा निर्माण गरिएको सिटी हल (सभागृह) सञ्चालन र व्यवस्थापन गर्न स्थानीय सरकारले समयमै आवश्यक कार्यविधि नबनाउँदा अन्यौलता देखिएको हो ।
‘सबैको मिलेर सुदूरपश्चिमको विकासमा हातेमालो गरौं’
बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय राजधानी काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आ.व. २०८२/०८३ को सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरु विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
दार्चुलामा भूकम्पको धक्का महसुस
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कांग्रेसको प्रदेश महामन्त्री सवार गाडी भारतमा दुर्घटना
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।
लागुऔषधसहित चार जना पक्राउ
कैलाली प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक महिलासहित चार जनालाई पक्राउ गरेको हो ।
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित
महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ ।
राजकाँडा–धुलीकोट ओझेलमा
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–७ मा एउटा ऐतिहासिक भग्नावशेष छ, जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णाली नदीलगायत सुर्खेतका गाउँ र हिमाल देखिन्छन् भने दक्षिण तराई खण्ड छर्लङ्ङ देखिन्छ ।
हराउँदै हलगोरु पाल्ने चलन
बाजुरामा पछिल्लो समय गाउँमा हलगोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ । यहाँका प्रत्येक किसानले खेती लगाउनका लागि घर घरमा हलगोरु पाल्ने गर्थे ।
पार्टी एकतालाई लिएर कार्यकर्ता उत्साहित
आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् ।
मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्नु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।
प्रदेश सरकारले साँफेबगर आगलागी पीडितका लागि १० लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ ।