• १५ वैशाख २०८२, सोमबार

माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउनुहुँदै

blog

पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ।

अविनाश चौधरी

धनगढी, वैशाख १४ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै हुनुहुन्छ। 

माओवादी केन्द्रले थालेको तराई–मधेस हुलाकी राजमार्ग जागरण अभियानको क्रममा उहाँ भोलि साँझ कैलाली आउन लाग्नु भएको हो। अध्यक्ष प्रचण्ड भोलि साँझ कैलालीको टीकापुर पुगेर राति सूर्यपुर र झुङ्गामा बसोबास गर्ने जनाइएको छ।

वैशाख १६ गते बिहान उहाँले टीकापुर नगरपालिका–८ सूर्यपुरमा सहिद परिवारलाई भेटघाट गर्ने माओवादी केन्द्रले जानकारी दिएको छ। त्यस्तै, बिहान टीकापुर नगरपालिका–९ स्थित झुंगामा जनसभा कार्यक्रमलाई सम्बोधन गरेर ११ बजे कैलारी गाउँपालिका–५ बैजपुरमा सहिद परिवारलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

मध्याह्नमा बैजपुरमै आयोजित जनसभालाई सम्बोधन गर्ने, दिउँसो धनगढी उपमहानगरपालिका डिपो बजारमा सहिद परिवारलाई भेटघाट गर्ने र धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको माओवादी नेता बतासु चौधरीले जानकारी दिनुभयो।