• २७ फागुन २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ?  

बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी(६८,३४८, झापा–५) 

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्नुभएको । 

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२५ स्थान (प्रत्यक्षतर्फ) मा जित हासिल गरेको छ । 

निर्वाचन मिति : विसं २०८२ फागुन २१ 

कुल मतदाता : १,८९,०३,६८९ (पुरुष मतदाता : ९६,६३,३५८; महिला मतदाता : ९२,४०,१३१; अन्य मतदाता : २००)

मतदान स्थल : १०,९६७ 

मतदान केन्द्र : २३,११२ 

निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल : १३६ 

प्रत्यक्षतर्फ कुल उम्मेदवार : ३,४०६ जना (६५ राजनीतिक दलबाट ६१ निर्वाचन चिह्नमा)

(पुरुष उम्मेदवार : ३,०१७; महिला उम्मेदवार : ३८८; अन्य : १ जना)

समानुपातिकतर्फ कुल उम्मेदवार : ३,१३५ जना (६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा)

(पुरुष उम्मेदवार : १,३६३; महिला उम्मेदवार : १,७७२)

कुल मतदान : करिब ६० प्रतिशत

सबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र : रामेछाप (एक लाख ८७ हजार ९५२ मतदाता)

प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद : १४ (रास्वपा : १३ जना, नेका : एक जना)

सबैभन्दा कम मतका साथ विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (२४१५, मनाङ १)

सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार : डा. लेखजङ्ग थापा (५०,३७९, रुपन्देही ३)

सबैभन्दा कम मतान्तरले विजयी उम्मेदवार : विश्वराज पोखरेल (५, ओखलढुङ्गा १)

प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेरका विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (७१ वर्ष, मनाङ १)

प्रत्यक्षतर्फ सबैभन्दा कम उमेरका विजयी उम्मेदवार : प्रशान्त उप्रेती (२५ वर्ष, मकवानपुर २)

सबैभन्दा पहिले विजेता घोषित उम्मेदवार : रञ्जु दर्शना (काठमाडौँ १)


२. आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ? 

भारत (उपविजेता : न्युजिल्यान्ड)

सन् २०२६ मार्च ८ मा भएको फाइनलमा न्युजिल्यान्डविरुद्ध ९६ रनको सहज जित निकाल्दै आयोजक भारतले आइसिसी पुरुष टी– २० विश्वकपको उपाधि जितेको हो । 

भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक च्याम्पियन बनेको छ । यससँगै भारत उपाधि रक्षा गर्ने तथा घरेलु मैदानमा च्याम्पियन बन्ने पहिलो राष्ट्र भएको छ । भारतले सन् २००७ र २०२४ मा विश्वकप जितेको थियो । भारत तेस्रो पटक उपाधि जित्ने एक्लो टोली हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटिएको छ । 

खेल सञ्चालन मिति : सन् २०२६ फेब्रुअरी ७ – मार्च ८ 

आयोजक राष्ट्र : भारत र श्रीलङ्का 

सहभागी राष्ट्र : २० 

जम्मा खेल : ५५

प्लेयर अफ द सिरिज : सन्जु स्याम्सन (भारत)

सर्वाधिक रन : साहिबजादा फरहान (३८३ रन, पाकिस्तान)

सर्वाधिक विकेट : जसप्रित बुम्राह र बरुण चक्रवर्ती (समान १४ विकेट, भारत) 


३. इरानमा इस्लामिक गणतन्त्रको नयाँ नेताको रूपमा कसलाई नियुक्त गरियो ? 

आयातोल्लाह सय्यद मोजतबा खामेनी

नियुक्त मिति : सन् २०२६ मार्च ९ 

सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको सैन्य कारबाहीमा उनका बुबा आयातोल्लाह अली खामेनी मारिएका थिए । 

इरानको विशेषज्ञ सभाले मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्रको नयाँ नेताका रूपमा नियुक्त गरेको हो । 

इरानको रिभोलुसनरी गार्डले सो नियुक्तिको समर्थन गरेको छ । साथै, इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहले पनि समर्थन गरेको छ । 


४. अली मियाँ लोक वाङ्मय सम्मान पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

प्राडा कुशुमाकर न्यौपाने (साहित्यकार एवं समालोचक)

पुरस्कार : नगद ५० हजार र सम्मानपत्र । 


५. ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ २०८२ कसलाई प्रदान गरियो ? 

डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा कृष्णराज घतानी


६. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८२ माघ २६ मा सार्वजनिक ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४÷२५’ अनुसार नेपालका कति घरधुरीमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ ? 

५३.६ प्रतिशत (जसमध्ये ३०.७ प्रतिशत घरधुरीमा तीनढुङ्गे चुलो तथा २२.९ प्रतिशत घरमा सुधारिएको चुलो प्रयोग हुने गरेको छ ।) 

दाउरापछि धेरै ४१.९ प्रतिशत घरधुरीमा खाना पकाउन एलपिजी ग्यासको प्रयोग हुने गरेको छ । सहरका ५२.८ प्रतिशत र ग्रामीणका २०.१ प्रतिशत घरधुरीले एलपी ग्यास प्रयोग गरेको सर्वेक्षणमा देखिएको छ । 


७. विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामी (सन् २०२६ मा) अन्तर्गत ‘एल्बम अफ द इयर’ विधाको अवार्ड कसलाई प्रदान गरियो ?

  डेबी टिरार मास फोटोस (मैले अझै धेरै फोटोहरू खिच्नुपथ्र्यो ।) – ब्याड बन्नी 

(ग्रामी अवार्डको इतिहासमै ‘एल्बम अफ द इयर’ जित्ने पहिलो पूर्ण स्पेनिस भाषाको एल्बम हो ।)

रेकर्ड अफ द इयर ः लुथर – केन्ड्रिक लामार र सिजा 

सङ अफ द इयर ः वाइल्ड फ्लावर– बिली आइलिस 

बेस्ट न्यु आर्टिस्ट ः ओलिभिया डिन


८. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ? 

सन् २०२५ मे 


९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?

१११ (प्रतिव्यक्ति वन क्षेत्र : ०.२ हेक्टर)


१०. नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

विसं २०८२ फागुन १३ (सन् २०२६ फेब्रुअरी २५)

समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारद्वारा हस्ताक्षर भएको हो । 

दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणको क्षेत्रमा एकआपसमा समन्वय र सहकार्य गर्न, जैविक विविधतासम्बन्धी साझा रणनीति अवलम्बन गर्न, ‘फिल्ड’ मा कार्यरत कर्मचारीको क्षमता विकास गर्न यस समझदारीपत्रले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

वन्यजन्तुको अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र नियमन गर्नका लागि दुवै देशले वन्यजन्तु अपराधसम्बन्धी सूचना दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) लाई आदानप्रदान गर्न सक्ने व्यवस्था समझदारीपत्रमा उल्लेख भएको छ ।

कुनै एक राष्ट्रले कूटनीतिक माध्यमबाट लिखित जानकारी नगरेसम्म हरेक पाँच वर्षमा सम्झौता स्वतः नवीकरण हुने तथा हरेक तीन वर्षमा पुनरवोलकन गर्ने व्यवस्था समझदारीपत्रमा गरिएको छ ।


११. सरकारकाले जङ्गली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ? 

विसं २०८२ फागुन ११

वन तथा वातावरण मन्त्रालयले फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जङ्गली बँदेल लखेट्न तथा पक्रन सहज गरेको छ ।

कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु¥याउने अवस्था आएमा तोकिएको सर्तको अधीनमा रही बिनाअनुमति धपाउन, लखेट्न, पव्रmन वा मार्न सकिने भएको छ ।

यो सूचनाले दिएको सहजीकरणमा सानो जातको बँदेललाई भने नसमेट्ने मन्त्रालयले जनाएको छ । 

यसअघि सरकारले रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।


१२. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ? 

आव २०८१/८२ – २०८६/८७


१३. इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान ग¥यो ? 

पूर्वराष्ट्रपति सुहार्तो (सन् २०२५ नोभेम्बर १०)


१४. सगरमाथा वृक्षरोपण महाअभियान कहिले देखि सुरु भएको हो ?

विसं २०८२ असार १४ (राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा)


१५. जापानको प्रधानमन्त्रीमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ? 

सानाए ताकाइची (सन् २०२६ फेब्रुअरी) 

यसअघि उनी सन् २०२५ अक्टोबरमा जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि, सन् २०२६ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीलाई भारी बहुमत (दुई तिहाइ) दिलाउँदै उनी प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित हुन सफल भएकी हुन् । 

उनी सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ की अध्यक्ष हुन् ।


१६. विश्वकै प्रतिष्ठित बाफ्टा फिल्म अवार्ड, २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? 

वन ब्याटल आफ्टर अनदर

७९ औँ संस्करणको यस अवार्डमा वन ब्याटल आफ्टर अनदरले उत्कृष्ट फिल्मसहित कुल ६ अवार्ड जितेको छ ।


१७. विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको टाइम्स हाइअर एजुकेसन (टिएचई) का अनुसार सन् २०२६ मा त्रिभुवन विश्वविद्यालय कति औँ स्थानमा रहेको छ ? 

१५०१ औँ 

त्रिभुवन विश्वविद्यालय विश्वका १६ हजार तीन सय विश्वविद्यालयमध्ये १५०१ औँ वरीयतामा परेको हो । 

विश्वविद्यालयको शैक्षिक नतिजा, जर्नल प्रकाशन, शैक्षिक वातावरण, गुणस्तरीयता, शैक्षिक क्षेत्रको लगानीलगायतलाई हेरेर वरीयता कायम गरिएको हुन्छ ।

नेपाल सन् २०१९ देखि वरीयताक्रमका लागि भाग लिँदै आइरहेको छ । 


१८. ‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा जस्तै हो’ भन्ने व्यक्तित्व को हुन् ? 

अल्बर्ट आइन्स्टाइन 


१९. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

सन् २०२१–२०३०


२०. जगतबन्धु–अन्जु कार्की चेतना विशेष सम्मान, २०८२ कसलाई प्रदान गरियो ? 

कलाश्री विनोद खनाल (आसाम)

पुरस्कार राशि : दुई लाख रुपियाँ

प्रस्तुतकर्ता : टङ्क केसी