अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै
कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ ।
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता घर घरमै
बुढीनन्दा नगरपालिकाले अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र एकल महिलालाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा वडा नं. ४ मा पर्ने कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताउनुभयो । कुरुक्षेत्र राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखादेखि एक दिन पैदल यात्राको दुरीमा पर्दछ, ज्येष्ठ नागरिकलाई कुरुबाट कोल्टी आउनजान दुई दिन लाग्ने गर्छ ।
विद्युत् योजना अलपत्र, अँध्यारोमा स्वराडवासी
करिब आठ करोड रुपियाँ लागतमा बन्ने भनिएको ३३ केभी मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको छ । उक्त काम १८ महिनामा पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि छ वर्षसम्म पूरा नहुँदा ६० हजार जनसङ्ख्याको बिजुली बाल्ने सपना अधुरै रहेको छ । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिजुली बाल्न विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आर्थिक वर्ष २०७५/७६ मा आठ करोड ३२ लाख २९ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।
बिउ, विषादी र अन्डा सँगै राखेर बिक्री
स्थानीय एग्रोभेटबाट म्याद सकिने मिति अथवा उत्पादन मिति र बिउ लगाउनेसम्बन्धी जानकारीबिनाका बिउहरू बिक्रीवितरण भइरहेका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि वस्तुको उत्पादन मिति, म्याद सकिने मिति र कुनै निश्चित समयभित्र उपभोग वा प्रयोग गरिसक्नुपर्ने जानकारी खुलाउनुपर्ने व्यवस्था रहेको छ ।
शुक्लाफाँटामा राज भद्राई
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राज भद्राई चरा पुनः देखा परेको छ । शुक्लाफाँटाको घाँसे मैदानमा सो चरा देखिएको हो । गत वर्ष मार्चमै राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले पहिलो पटक सो चरा निकुञ्जको घाँसे मैदानमा अभिलेख गर्नुभएको थियो । त्यसयता राज भद्राई चार पटक निकुञ्जमा फेला परिसकेको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । डङ्गौरासहित चराप्रेमीहरू महानन्द जोशी, सुवन चौधरी र गोपाल चौधरीको टोलीले राज भद्राई देखेको जनाएका हुन् ।
आयोडिनयुक्त नुन अभाव
बैतडीको दुर्गम गाउँमा अझै पनि आयोडिनयुक्त नुन खान नपाउने परिवार भेटिएका छन् । जिल्लाको सिगास गाउँपालिकाको दलित बस्तीमा आयोडिनयुक्त नुन खान नपाउँदा गलगाँडको समस्या झेलिरहका बिरामी भेटिएका छन् । सिगास गाउँपालिका–६, थलाकी महामती विक गलगाँडको समस्याबाट पीडित हुनुहुन्छ । महामतीका श्रीमान् बितेको पाँच वर्ष भयो । छोराछोरी छैनन् । साँझबिहानको छाक टार्न धौ धौ परेका बेला उहाँलाई गलगाँडको उपचार गर्न सकस भएको छ ।
आम्दानीको स्रोत बन्दै ‘अटोरिक्सा’
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो ।