सेटिङमा वन फडानी आरोपमा सचिव तिमिल्सैना पक्राउ
सेटिङ गरेर सामुदायिक वन फडानी गर्ने पाँचुलि चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ गरेको छ ।
कालोपत्रेको काम अन्तिम चरणमा
कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
जनताले खनेको सडक राज्यबाट कालोपत्रे
स्थानीय बासिन्दाले गैँती, कोदालो र झम्पल प्रयोग गरेर तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ ।
सुदूरपश्चिममा क्यान्सर परीक्षण गर्दै चिकित्सक टोली
सुदूरपश्चिममा प्रदेशमा चिकित्सकको एक टोली क्यान्सर परीक्षणमा अग्रसर भएको छ । क्यान्सर अस्पताल भक्तपुरको टोलीले प्रदेशको विभिन्न जिल्लामा महिलाको पाठेघर र स्तन क्यान्सरको परीक्षण गरेको हो ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
डोटीमा काठ बोक्ने मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बैतडीमा पहिलो पटक नगरबस सञ्चालन
बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा १७ लाख पाठ्यपुस्तक पुग्यो
याँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा किताब पुर्याउन सुरु गरेको छ ।
गैंटीले खनेको ग्वाल्लेक सडक कालोपत्रे
स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ ।
डढेलोको चपेटामा निकुञ्ज
सुदूरपश्चिम प्रदेशको प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ ।
अनिर्णयको बन्दी बन्यो प्रदेश सभा
प्रदेशका लागि आवश्यक ऐन, कानुन बनाउने र जनताका समस्यामाथि छलफल गर्ने थलो अनिर्णयको बन्दी बनेको छ । सत्ता र प्रतिपक्षको आआफ्नै अडानले सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी बनेको हो ।
भूकम्पले घर चर्किएपछि त्रसित
गत शुक्रबार राति गएको भूकम्पले बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका स्थानीयका घर फेरि चर्किएका छन् ।
जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाउनुभयो
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय थियो, आर्थिक जोहो।
प्रथम नेपाल खो-खो लिग सुरु
बर्दियामा नेपालकै प्रथम खो-खो लिग प्रतियोगिता सुरु भएको छ । खो खो खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।
घोडाघोडी क्याम्पसको स्ववियु् निर्वाचनमा अनेरास्ववियु विजयी
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी हुनुभएको छ।
बिसु पर्व मनाउन घर फर्कंदै
याँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिशु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ ।
किसानको घरदैलोमा कृषि मन्त्री
कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नु भएको छ ।
साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी
गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कनुहुन्छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उहाँलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त हुनुहुन्छ ।
शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक
सुदूरपश्चिम प्रदेशको विकट एवं हिमाली जिल्ला दार्चुलामा शैक्षिक सत्र २०८२/८३ सुरु हुनुअगावै पाठ्यपुस्तक पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभएको छ ।
पाँच किलोमिटर कालोपत्रे गर्न पाँच वर्ष
बाजुराको सेरा, आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैनसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम अझै पूरा भएको छैन । करिब पाँच वर्षअघि सुरु भएको काम २०७९ सालमा सम्पन्न गर्ने योजना थियो तर त्यो अझै पूरा भएको छैन ।
घाँटीमा मासु अड्केर एकको मृत्यु
घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।
मृत अवस्थामा एक पुरुषको शव फेला
बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिबार मृत अवस्थामा एक परुषको शव फेला परेको छ । सो शव बडीमालिका नगरपालिका वडा नं –९ चौराटा बस्ने सूर्य विष्टको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसमा स्ववियु मतदान जारी
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा शनिबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी रहेको छ । शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि बिहान ८ः२० बाट मतदान कार्य सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
एकसट्ठी करोडको खाद्यान्न आयात
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको छ ।