• ४ वैशाख २०८२, बिहिबार

अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट

blog

आगलागी भएको स्थानीय घर । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, चैत २६ गते । बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।  

आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास असफल भइरहेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार नौ घर जलेर नष्ट भएको छ । अझ क्षति हुने खतरा छ । आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको बताइएको छ । 

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । आगाली नियन्त्रणमा समस्या भइरहेको बताइएको छ ।