• २६ फागुन २०८१, सोमबार

भीरबाट लडेर एक जनाको मृत्यु

blog

शेरबहादुर सार्की
बाजुरा, फागुन २६ गते ।
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक खापर  गाउँपालिका–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गत आइतबार बेलुका कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयले भण्डारी भीरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी त्यस ठाउँमा पुग्दा उहाँ मृत्यु अवस्थामा फेला पर्नु भएको थियो ।”

मृतकको शव निकाले र अहिले सुरक्षित स्थानमा राखेको छ । अहिले मुचुल्कका तयार गर्ने काम भइरहेको छ भने केही समयपछि शव आफन्तलाई जिम्मा लगाइने चौधरीले बताउनुभयो ।