• २६ फागुन २०८१, सोमबार

माटो खन्न गएका दुई जनाको मृत्यु

blog

रमेश रावत 

अछाम, फागुन २६ गते । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।

मङ्गलसेन नगरपालिका–९ ओलीगाउँमा घर पोत्ने माटो लिन गएका स्थानिय देउरुपा बोहरा र  विनिता बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो स्थानीय राती माटामा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा दुवै जनाको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।