मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कोईलही ताल
कैलाली, पुस १२ गते । कैलारी गाउँपालिका–९ स्थित कोईलही ताल । बहत्तर हेक्टर क्षेत्रफलमा फैलिएको प्राकृतिक तालमा आन्तरिक पर्यटकहरु बनभोज तथा घुम्नका लागि पुग्ने गर्दछन् । तस्बिरः रासस
खोप लगाएका बालकको मृत्यु
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै अभिभावक आन्दोलित भएका छन् ।
‘बचाऊ भनेर याचना गरेँ, कोही आएनन्’
“कपाल लुछ्दै घरबाट तानेर लगे । तँ बोक्सी होस् भन्दै समाजको अगाडि मलाई बेस्सरी पिटे ।
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।
खैरो गिद्ध
कञ्चनपुर, पुस १२ गते । लालझाडी गाउँपालिका–४ स्थीत दोदा नदीको बगरमा घाम तापेर बसेको आगन्तुक खैरो गिद्ध । पहाडी क्षेत्रबाट हिउँदयाममा बसाइसराइँ गर्ने यो गिद्ध तराई क्षेत्रमा आउने गर्दछ । तस्बिरः रासस
परराष्ट्रमन्त्री राणा शुक्रबार धनगढी आउनुहुँदै
परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उहाँ कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
विषयगत समितिको भागवण्डामा सहमति
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका विषयगत समितिको भागवण्डा टुंगो लागेको छ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई दलबिच छलफलको आधारमा समितिको भागबन्डा टुंगो लगाएको जानकारी दिनुभयो।
धनगढीमा बनिरहेको सडकको ६५ प्रतिशत काम पूरा
धनगढीको मुख्य बजार क्षेत्रमा निर्माण भइरहेको सडकको ६५ प्रतिशत काम पूरा भएको छ।
खोप लगाएका बालकको मृत्यु, अभिभावक आन्दोलित
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएको हुन् ।
केबलकार सञ्चालनका लागि निर्माण सुरु
कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ ।
सुनचाँदीको गरगहनासहित दुई जना पक्राउ
सुनचाँदीको विभिन्न गरगहनासहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।
चित्तलको बथान
कञ्चनपुर, पुस ११ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नजिक स्याली नदी छेउको झाडीमा देखिएकाे चित्तलको बथान । तस्बिरः रासस
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातकोत्तर
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । विश्वविद्यालयको २०८१ साउनमा बसेको बाह्रौँ सिनेट बैठकले स्नातकोत्तर कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सकिए तिहारपछिका मेलापात
तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् ।
जलवायु अनुकूलन खेतीका लागि जैविक मल
रासायनिक मलको प्रयोगले परनिर्भरता बढेका बेला बैतडीका ग्रामीण भेगमा अहिले पनि पतेला (पतकर) बटुलेर जैविक मल तयार गर्ने चलन कायमै रहेको छ ।
हिउँदे आगन्तुक लक्ष्मण सारस कर्णालीमा
हिउँदे आगन्तुक लक्ष्मण सारस चरा कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा देखा परेका छन् ।
नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस
कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस पहिलो पटक देखा परेका छन्।
ज्येष्ठ नागरिकको उपचार निःशुल्क
परशुराम नगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने योजना ल्याएको छ ।
दूषित मह बेच्नेमाथि मुद्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका–१ गरी १६ जना छन् ।
एक सय आठ वर्षीय वृद्धालाई न्यानो सामग्री
दशरथ चन्द नगरपालिकाले १०८ वर्षीय महिलालाई घरमै पुगेर न्यानो सामग्री दिएर सम्मान गरेको छ ।
अपी हिमाल क्षेत्रमा भूकम्प
दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ ।
शैक्षिक क्षेत्रको विकासका लागि सुधारका कार्य आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।