मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), फागुन ३ गते । बृहत् मार्तडी खानेपानीले पानी प्रशोधन गर्नका लागी (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ । बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको सो खानेपानीलाई प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो । बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले खानेपानीको परीक्षणसहित ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलले बताउनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीले दुई करोड ५७ लाख ३७ हजार ६७ रुपियाँ लागतमा पानी प्रशोधनका लागी ट्रिटमेन्ट निर्माण गरिएको व्यवस्थापक रावलले जानकारी दिनुभयो । मुहानबाट आएको पानीलाई प्रशोधन गरेर (छानेर) सोझै उपभोक्ताको धारामा पठाउने गरेको व्यवस्थापक रावलले भन्नुभयो ।