• १३ फागुन २०८१, मङ्गलबार

चार सभापति निर्विरोध निर्वाचित

blog

अविनाश चौधरी

धनगढी, फागुन ४ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा  (माओवादी केन्द्र) का अक्कलबहादुर रावल निर्वाचित हुनुभएको छ ।

यस्तै, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित हुनुभएको हो । 

उम्मेदवारीउपर दाबी विरोधको सूचना नपरेपछि उहाँहरू सभापतिमा निर्विरोध निर्वाचित भएको प्रदेश सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । उहाँले केहीबेरमा आधिकारिक घोषणा हुने उल्लेख गर्नुभयो ।