अत्तरिया , माघ, २५ गते । ट्याक्टरबाट खसेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर जोशीपुर गाउँपालिका–५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो ।
चालक तेजबहादुर मौनी र सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिनु भयो ।
बिहीबार साँझ ७ बजे ट्याक्टरबाट खसेर टायरमा रामपती च्याप्पिनु भएको थियो । च्यापिएर घाइते थरुनीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।