दुई बालक तीन महिनादेखि बेपत्ता
कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमा नौ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन्। फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
सिकलसेल स्क्रिनिङ अभियान
कैलालीको कैलारी र जानकी गाउँपालिकामा सिकलसेल र थालासेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। थारू समुदायमा देखा परेको सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सो अभियान सञ्चालन गरेको हो।
दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।
सीमा समस्या संवादबाट समाधान गरिनुपर्छ : मन्त्री सिंह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले भारतीय पक्षबाट उत्पन्न समस्या संवादको माध्यामबाट गर्नुपर्ने बताउनुभएको छ ।
मल पक्राउ गर्नेक्रममा किसान र प्रहरीबीच विवाद
भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो ।
घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति
वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ। डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो।
बनेन विपत् प्रतिकार्य योजना
हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। यस वर्षको मनसुनका बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ।
खडेरीसँगै बाढीको चिन्ता
भित्री मधेशको चुरे क्षेत्रमा वर्षा नभएको दुई महिना भयो। चैत महिनाको तेस्रो सातापछि हालसम्म वर्षा भएको छैन। वर्षा नहुँदा चुरेका खोलानाला सबै सुक्न थालेका छन्। चुरे क्षेत्रमा बसोवास भएका आलिताल गाउँपालिका–६ र ७ नम्बर वडाका दर्जन बढी गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। खोलानालासमेत सुक्दा रोपाइँ गर्ने समयमा खेत बाँझै छन्। सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।
ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु
पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माउनुभएको छ ।
एन्टिवायोटिकको जथाभावी प्रयोग रोक्न आग्रह
एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग बढिरहेका बेला सञ्चार माध्यमलाई त्यसको अनावश्यक रोकमा सहयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
दिगो विकासका लागि तीनै तहका सरकार जिम्मेवार बन्नु पर्छ
सैँतिस वर्षीय सुशीला शाही कैलाली जिल्लाका पालिकाहरूमा कार्यकारी जिम्मेवारीमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख हुनुहुन्छ। नेपाली कांगे्रसको तर्फबाट निर्वाचित उहाँ नगरपालिका सङ्घकी सदस्य तथा महिला विभाग प्रमुख पनि हुनुहुन्छ। प्रस्तुत छ, नगरपालिकाका विभिन्न विषयमा केन्द्रित रहेर लम्कीचुहा नगरपालिकाका प्रमुख शाहीसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी।
बाँझो जग्गा स्याहार्ने शिक्षकको कमाइ चार लाख
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो।
बयालपाटा अस्पतालको बजेट रोकिएको छैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ।
महिला र किशोरीमा पोषणको कमी
शनिबार धनगढीमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धी (सिड) समितिमा महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रित सातौँ आवधिक छाया प्रतिवेदन तयार सम्बन्धमा प्रदेश स्तरीय कार्यशालामा बोल्दै प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष थापाले लक्षित पक्षका हितका लागि सरकारबाट काम गराउन घिच्च्याउने बताउनुभयो ।
अझै बनेन दोदा नदीमा पक्की पुल
कञ्चनपुरको लालझाडी गाउँपालिका –४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् ।
कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ
कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् । अहिले कैलालीसहित तराईमा चर्को गर्मी छ । उखरमाउलो गर्मीको पनि परवाह नगरेर किसानले खेतमा रोपाइँ गरिरहेका छन् । बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेको उनीहरूको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख (पूर्णपाठसहित)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
गड्डाचौकी नाकाबाट ६ जनाकाे उद्धार
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक (प्रत्यक्ष प्रसारण)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटसार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो।
किसानलाई चैते धान भित्र्याउन चटारो
कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ । चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान भित्र्याउन चटारो भएको हो ।
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुँदै
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि आज बजेट प्रस्तुत गर्दै छ ।
खानेपानी योजनाबाट ढाँटिएको ढाँटगाउँ
अमरगढी नगरपालिका–९, ढाँटगाउँको खानेपानी योजना करिब १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। खानेपानी योजना पूरा नहुँदा स्थानीय गाउँमुनि रहेको दुई वटा पँधेराबाट पानीको जोहो गर्न बाध्य छन्। खानेपानी योजना समयमा नै पूरा नहुँदा यहाँका एक सयभन्दा बढी परिवार ढाँटगाउँ खानेपानी योजनाबाट ढाँटिएका छन्। पानीको जोहो गर्न बिहान बेलुकी पँधेरामा लाइन बस्न बाध्य स्थानीयवासी गाउँको नाम जस्तै योजनाबाट पनि ढाँटिएको बताउँछन्। पानीको जोहो गर्न प्लास्टिकको ग्यालिन र ट्याङ्की खरिद गर्नु परेको स्थानीय इन्द्रादेवी पालले बताउनुभयो। खानेपानी योजना निर्माणको काम सुरु भएको १५ वर्ष बित्यो। उहाँले भन्नुभयो, “योजना पूरा हुन सकेको छैन। पुर्खाले बनाएको पँधेराबाट पानीको जोहो गर्नुपर्ने बाध्यता छ।” खानेपानीदेखि लुगाकपडा धुन, सरसफाइ, शौचालय,
रानीजमराको मूल नहरबाटै खेतमा पानी
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ । जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो । यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिनुभयो । यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ । श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ हुने छ ।
प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बिहीबार बसेको प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो ।